News Portal

  • नेपाली सेनामा पत्रकारको आवश्यक्ता

    हिमालीसंचार संवाददाता
    १३५ पटक

    काठमाडौं – नेपाली सेनाले आफ्नो मिडियामा काम गर्ने पत्रकारका लागि भर्ना खोलेको छ । आम सञ्चार तथा पत्रकारितामा स्नातक गरेकाहरूका लागि अधिकृत तह प्राविधिक उपसेनानी (समाचार सम्पादक/वाचक) का लागि ३ जनाको आबश्यक्ता रहेको जंगी अड्डाले जनाएको छ ।

    जसमा योग्यता पुगेका इच्छुक उमेदवारले नेपाली सेनाको वेबसाइटमार्फत अनलाइन दरखास्त फाराम भरी त्यसको प्रिन्टसहित स्वयम् उपस्थित भएर दरखास्त दिन सक्ने जनाएको छ । तीन जनामध्ये खुल्लातर्फ २ र आदिवासीतर्फ एक जना पदपूर्ति गर्ने सेनाले जनाएको छ ।  

    त्यसरी दरखास्त दिन चाहनेका लागि पुरुषको हकमा १८ वर्ष पुरा भई २९ वर्ष ननाघेको र महिलाको हकमा १८ वर्ष पुरा भई ३० वर्ष ननाघेको हुनुपर्नेछ । छनौट भएका उमेदवारहरूले नेपाली सेनाको मिडिया (सिपाही पाक्षिक पत्रिका, नेपाली सैनिक रेडियो कार्यक्रम, माटोले माग्दैन आफैले दिनुपर्छ टेलिभिजन कार्यक्रम र अनलाइन) मा कार्य गर्नुपर्ने र कार्यक्षेत्र जंगी अड्डा भद्रकाली रहने सेनाले जनाएको छ ।

    इच्छुकलाई गत चैत १४ देखि ७९ बैशाख १४ सम्म र वैशाख १४ गतेदेखि २० गतेसम्म दोब्बर दस्तुर तिरेर दरखास्त दिन सकिने पनि सेनाले जनाएको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एनसीसी अमेरिकाको सहमति कार्यान्वयन गराउन आरसी पराजुलीले गरे अपिल

    अमेरिका। गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका क्षेत्रका क्षेत्रीय संयोजक (आरसी) डिलुराम पराजुलीले अमेरिका र क्यानाडाका...

    विपद् व्यवस्थापनमा तीनै तहको हातेमालो आवश्यक : गृहमन्त्री लेखक

    काठमाडौं, असार ३२ – गृहमन्त्री रमेश लेखकले नेपालको भूगोल नै जोखिमयुक्त भएकाले विपद् व्यवस्थापनलाई प्रभावकारी...

    काठमाडौं चक्रपथमा गुड्न थाले १२ वटा नयाँ विद्युतीय बस

    काठमाडौं, असार ३२ – काठमाडौंको चक्रपथ क्षेत्रमा आजदेखि १२ वटा विद्युतीय बस सञ्चालनमा आएका छन्।...

    लागुऔषधसहित दमक र ईटहरीका दुई युवा पक्राउ

    रविन्द्र बराल/ मोरङ, असार ३२ – मोरङको रंगेली–४ आमतोला चोकबाट प्रहरीले लागुऔषध नाइट्राजेपामसहित दुई जना...

    भिजिट भिसामा स्पेन गएर नफर्कनेबारे सरकारको कडाइ : प्रवक्ता गुरुङ

    काठमाडौं, असार ३२ — स्पेन भ्रमणका लागि भिजिट भिसा लिइ यात्रा गरेका नेपाली नागरिक समयमै...