आज : २०२६-०९-२१, सोमबार

राष्ट्रपतिद्वारा विभुषित हुने कलाकारहरू (सूचीसहित)

काठमाडौं – सातौं संविधान दिवसको अवसर पारेर नेपाली कलाकारिता क्षेत्रमा विशेष योगदान दिने कलाकारहरुका लागि नेपाल सरकारले सम्मान गरेको छ।

बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले कलाकारहरूलाई पदक हस्तान्तरण गरेकी हुन्। वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा सुकिर्तिमय राष्ट्रदीप मार्फत विभुषित भएका छन्। यस्तै सुप्रबल जनसेवाश्रीबाट गीतकार कालीप्रसाद रिजाल र गौरी मल्ल विभुषित भएका छन्। 

प्रबल जनसेवाश्रीबाट अभिनेता अनमोल केसी, प्रकाश सपूत, विष्णु माझी, केकी अधिकारीलगायत विभुषित भएका छन्। नेपालको संविधानको धारा २७७ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा विभुषण प्रदान गरिँदै आएको छ।

कीर्तिमय राष्ट्रदीप

– शम्भुजित बाँस्कोटा, संगीतकार

सुप्रबल जनसेवाश्री

– कालीप्रसाद रिजाल, गीतकार

– गौरी मल्ल, कलाकार

प्रबल जनसेवाश्रीबाट

– मिलन चाम्स, निर्देशक

– केकी अधिकारी, अभिनेत्री

– अनमोल केसी, अभिनेता

– प्रकाश सपूत, गायक

– रमेश बुढाथोकी, कलाकार

– दीपाश्री निरौला, कलाकार

– हेमन्त बुढाथोकी, कलाकार

– चन्द्रप्रसाद शर्मा, दाहोरी गायक

– कुलेन्द्र विश्वकर्मा, दोहोरी गायक

– देविका प्रधान, गायिका

– विष्णु माझी, लोकगायिका

– नवल खड्का, कलाकार

– प्रकाश घिमिरे, कलाकार

– कस्तुप पन्त, संगीतकार

– हेमन्त शर्मा, गायक

– अन्ना स्टिर, अमेरिकी नेपाली दोहोरी गायिका

– शिवशंकर रिजाल जोगिन्दर, कलाकार

– तेरिया मगर, नृत्यांगना

– राजकुमार राई, फिल्म निर्माता

– रञ्जु झा, मैथिली कलाकार

– राधिका हमाल, कलाकार

– कमल गाउँले, हास्य कलाकार

– नविन कुमार पौड्याल, गायक

– सुजल बम, बहिरा कलाकार

– महेश प्रकाश हाडा, नृत्यकार

लगायतका कालाकारहरुलाई राष्ट्रपतिद्वारा सम्मान गरिएको हो।