News Portal

भेडेटार नजिक बस ट्याम्पो जुध्यो, ट्यम्पो चालकको घटना स्थलमा मृत्यु, एक जना गम्भीर घाईते

हिमालीसंचार संवाददाता
२१७ पटक

धरान – आज बिहान भेडेटार-धरान सडक खण्डमा बस र ट्याम्पो जुध्दा ट्याम्पो चालकको घटना स्थलमा नै मृत्यु भएको छ । धरानबाट भेडेटार जाँदै गरेको को १ ख ४४८० नम्बरको बस र भेडेटारबाट धरान तर्फ आउँदै गरेको २ ह ७०४१ नम्बरको ट्याम्पो एक आपसमा जुध्दा टेम्पो चालकको मृत्यु भएको हो।

घटना हुने वित्तिकै सागर सरगम चेम्जोङले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत घटनका जानकारी दिएका थिए। धटना भेडेटारदेखि धरान तर्फको सडक खण्ड दुई घुम्ती तल करिब १ किलोमिटर तल एकआपसमा दुर्घटना भएको प्रहरीले जनाएको छ। 

इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक गजेन्द्र रायका अनुसार मृत्यु हुने ट्याम्पो चालक भरौल-५ सुनसरीका अन्दाजी ४० वर्षीय खड्गबहादुर कामी रहेका छन् । टेम्पो चालकको घटनास्थलमै मृत्यु भएको छ। ट्याम्पोमा सवार ताप्लेजुङ लिखुम-२ बस्ने १५ बर्षीय उषा लिम्बु गम्भीर घाइते भएको र उनको स्थानीयले उद्धार गरी अस्पताल पठाएको बताइएको छ ।

बस चालक धरान-१७ का ४५ वर्षीय गोविन्दबहादुर कटुवाल रहेको प्रहरीले बताएको छ। बस चालक र बललाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...