News Portal

  • काली मन्दिरले प्रकाशन गरेको क्यालेण्डर, एक कार्यक्रमवीच विमोचन

    हिमालीसंचार संवाददाता
    १८७ पटक

    रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको ऐतिहासिक तथा पौराणिक काली मंन्दिरमा एक कार्यक्रमको आयोजना गर्दे  क्यालेन्डरको विमोचन गरिएको छ ।

    मंन्दिरको परिसरमा आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथि बुद्धिजीवी तथा समाजसेवी सुरेश मिश्र, व्यवस्थापन समितिका पदाधिकारी विभिन्न संस्थाका प्रमुख स्थानीय मचिन्द्र कटुवाल लगायतको उपस्थिति रहेको थियो । 

    आयोजित कार्यक्रम नयाँ बर्षको उपल्क्षमा काली मंन्दिरको तस्वीर सहित क्यालेन्डर प्रकाशन गरी सार्वजनिक गर्दे विमोचन गरिएको हो। क्यालेन्डरमा रंगेलीको पहिचान झल्काउने तस्वीर समेत राखिएको छ । कार्यक्रम सहभागीहरुले अबका दिनहरुमा प्रत्येक बर्ष क्यालेन्डर निकाल्नका लागि सुझाप समेत दिएका थिए । 

    समितिका अध्यक्ष दिलिप बगडियाले भने अब प्रत्येक बर्ष मंन्दिरको नाम सहितको क्यालेन्डर स्थानीय जनता माझ पुगाउने प्रतिबद्धता समेत जनाएका छन । प्रमुख अतिथिले भने अब यस काली मंन्दिरको क्यालेन्डरले हरेक घर घरमा सुख्ख, शान्ति रहने र बिहानै उठने बितिकै काली मंन्दिरको दर्शन गर्ने पाउनु सबैमा गर्वको कुरो रहेको समेत बताए । यसरी मंन्दिरले क्यालेन्डर निकाल्नु गर्वको कुरा समेत रहेको स्थानीय मचिन्द्र कटुवालले बताए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    प्रहरीले २४ घण्टाभित्र बालेन–सुदनविरुद्धको जाहेरीमा जवाफ दिने

    काठमाडौं, असोज २१ — काठमाडौं महानगरपालिका प्रमुख बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्धको...

    घरै बसेर सजिलै कमाउने प्रलोभनमा नपर्न साइबर प्रहरीले चेतावनी

    काठमाडौं, असोज २१ — सामाजिक सञ्जाल फेसबुकमार्फत ठगी बढ्दै गएको छ। नेपाल प्रहरीले विभिन्न लोकप्रिय...

    विश्वप्रकाश शर्माद्वारा विशेष महाधिवेशनका लागि हस्ताक्षर अपिल

    काठमाडौं, असोज २१ — नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशनका लागि प्रतिनिधिहरूलाई असोज...

    सिंहदरबारमा राष्ट्रिय विपद् व्यवस्थापन परिषद्को बैठक, राहत प्याकेजमा छलफल

    काठमाडौं, असोज २१ — प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा सिंहदरबारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

    जेनजी आन्दोलन घटनामा गृह मन्त्रालय सक्रिय, पक्राउबारे छलफल तीव्र

    काठमाडौँ, असोज २१ – भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीको मृत्यु भएपछि राजनीतिक र...