News Portal

काठमाडौं महानगरपालिकाको लागि मेयरमा एमालेबाट पाँच जना सिफारिस

हिमालीसंचार संवाददाता
२२२ पटक

काठमाडौं – काठमाडौं महानगरपालिकाको मेयरका लागि नेकपा एमालेले पाँच जनाको नाम सिफारिस गरेको छ। एमाले काठमाडौं नगर कमिटीले विद्यासुन्दर शाक्य, रामवीर मानन्धर, केशव स्थापित, निर्मल देउला र ईन्दिरा पन्तको नाम जिल्लामा सिफारिस गरेको छ।

शाक्य ०७४ को स्थानीय चुनावमा मेयर जितेका थिए। उनले फेरि एक कार्यकाल आफैँ दोहोर्‍याउने भन्दै उम्मेदवार बन्न इच्छा देखाएका छन्।

बागमती प्रदेश सभा सदस्य स्थापित पनि मेयर हुन खोजिरहेका छन्। उनले वडा-वडा पुगेर जनताका समस्या र पार्टीले गर्नुपर्ने कामबारे छलफल गर्दै आएको बताइरहेका छन्।

नगर कमिटी अध्यक्ष देउला र जिल्ला कमिटी सदस्य पन्त पनि मेयरका लागि पहल गरिरहेका छन्। यी पाँच जनाको नाम जिल्ला कमिटीमा पठाइएको र त्यहाँबाट केन्द्रमा सिफारिस गरिनेछ। जिल्लाले उम्मेदवार सिफारिसमा परेकाबारे रायसहित प्रदेशलाई जानकारी दिनेछ। प्रदेशले नाम केन्द्रमा पठाएपछि केन्द्रले उम्मेदवार तय गर्नेछ।

उपमेयरमा भने नाम सिफारिस भइसकेको छैन। अध्यक्ष देउलाले उपमेयरका लागि छलफल भइरहेको बताए। महानगरका १६ वडाका लागि वडाध्यक्षमा नाम तय गरिसकिएको पनि उनले बताए। अरू वडाका लागि छलफल जारी रहेको उनको भनाइ छ।

वैशाख ३० गते हुने स्थानीय चुनावका लागि वैशाख ११ गते उम्मेदवारले मनोनयन पत्र दर्ता गर्नुपर्ने हुन्छ। एमालेले स्थानीय तहमा सर्वसम्मत तरिकाले उम्मेदवार छान्ने भने पनि पहिले आफूले जितेका क्षेत्रमा भने एकभन्दा बढीका नाम सिफारिस भइरहेका छन्।

प्रतिकृया दिनुहोस्

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...