News Portal

मानव हड्डीसहित पक्राउ परेका एमबिबिएस अध्ययनरत विद्यार्थी रिहा

हिमालीसंचार संवाददाता
२२७ पटक

धरान – मानव हड्डीसहित पक्राउ परेका एमबिबिएस अध्ययनरत वीपी प्रतिष्ठान धरानका विद्यार्थी आदित्य सिन्हा रिहा भएका छन् ।

मानव खप्पर ४६ थान हड्डीसहित विराटनगर महानगरपालिका-१५, रानी नाकाको एक नम्बर ढाटबाट पक्राउ गरिएका उनलाई बुधवार रिहा गरिएको हो।

पढाइ सकेर घर फर्किएका सिन्हाको झोलाभित्र प्रहरीले मानव खप्पर एउटा, खुट्टाको हड्डी, हातको हड्डी, करङ, बङ्गाराको हड्डी, काँधको हड्डी, घाँटीको हड्डी, हिपको हड्डी, ढाड, औँला र कुर्कुच्चाको हड्डी बरामद गरेको थियो। सिन्हा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एमबिबिएस अन्तिम वर्ष अध्ययनरत विद्यार्थी हुन् । उनी सन् २०१६ मा प्रतिष्ठानमा भर्ना भएका थिए । 

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले बुधवार प्रहरीलाई पत्र पठाउँदै सिन्हा प्रतिष्ठानमा एमबिबिएस तेस्रो वर्षका विद्यार्थी भएको र उनले अध्ययन प्रयोजनका लागि ती सामाग्री बोकेर हिँडेको भन्दै रिहाइका लागि अनुरोध गरेको थियो।

प्रतिकृया दिनुहोस्

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...