News Portal

  • मिनिल्याण्ड बोर्डिङ स्कुलले अभिभावकसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्यो

    हिमालीसंचार संवाददाता
    २०० पटक

    रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली नगरपालिकामा रहेको मिनिल्याण्ड इंलिस बोर्डिङ स्कुल रंगेलीले अन्तरक्रिया कार्यक्रम गराएको छ ।  नर्सरीदेखि कक्षा १ सम्मका बिधार्थीका अभिभावकहरुसंग एक दिने अन्तरक्रिया कार्यक्रम  गरेको हो ।

    बिधालयले बिगतदेखि वर्तमानसम्म आफ्नो विधालयले गर्दै आएका विभिन्न कार्यक्रमका बारेमा समेत अभिभावकहरुसंग आफ्ना महत्वपूर्ण कुराहरु राखेका थिए । रंगेली नगरपालिका ७ स्थित मेलिना गेष्ट हाउसको सभाहलमा अन्तक्रिर्या गरेको थियो। बिधालयले आगामी शैक्षिक सत्रमा विधालयको योजना कसरी गर्ने भन्ने बिषयमा समेत प्रस्तुत गरेको थियो । 

    बिधालयले कक्षा १ देखि कक्षा १२ सम्म पठनपाठन हुने विधालयले साना कक्षाका लागि नियमित शैक्षिक तालिमको व्यवस्था समेत गर्दे आईरहेको र आगामी दिनमा समेत बिधार्थीहरुको क्षमत अभिबृद्घिका लागि बिधालयले सदैव यस्ता कार्यक्रमहरु समेत थप गरिदै लैजाने विधालयका प्रिन्सिपल विकर्ण कार्कीले बताए । कार्यक्रममा ट्रेनर तथा प्रि-प्राइमरी लेफल हेर्दै आएकी अन्जु कुसम रेग्मीले बजार केन्द्रित यस्ता तालिमहरु रंगेलीमा संचालनमा आएको हुनाले अब यहाँका बिध्यार्थीले गुणस्तरिय शिक्षाका लागि बाहिर जानु नपर्ने बताईन   

    कार्यक्रममा रंगेली नगरपालिकाबाट आएका स्वास्थ्यकर्मीहरुले  पछि समयमा बालबालिकाहरुले स्वास्थ्य खानेकुरा नखाने गरेको हुनाले बालबालिकाहरुमा विभिन्न प्रकारका रोगहरु समेत बढ्ने गरेको समेत जानकारी गराएका थिए । बिधालयले यस्ता कार्यक्रमहरु सदैव अगाडी बडाउनु पर्ने र यस्ता कार्यक्रमले अभिमावकहरुले समेत आफ्नो बालबालिकाको बिषयमा प्रत्यक्ष रुपमा शिक्षकहरुसंग आफ्ना धारणा राख्न पाउँदा आफूहरु खुशि भएको अबिभावकहरुले बताए ।  

    कार्यक्रममा बिधालयका प्रिन्सिपल बिकर्ण कार्की, शिक्षक अबिषेक अधिकारी, कोडिनेटर प्रतिक्षा कार्की, अनुपा अधिकारी, अम्बिका पोख्रेल, सारदा पुरी गांगा कटुवाल  लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो । 

    कार्यक्रम नयाँ वर्षको शुभकामना आदानप्रदान समेत गरेका थिए। अभिभावकहरुले यस्ता कार्यक्रम विधालयले समय समयमा कार्यक्रम आयोजना गर्दै जानु पर्ने बताए। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    प्रहरीले २४ घण्टाभित्र बालेन–सुदनविरुद्धको जाहेरीमा जवाफ दिने

    काठमाडौं, असोज २१ — काठमाडौं महानगरपालिका प्रमुख बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्धको...

    घरै बसेर सजिलै कमाउने प्रलोभनमा नपर्न साइबर प्रहरीले चेतावनी

    काठमाडौं, असोज २१ — सामाजिक सञ्जाल फेसबुकमार्फत ठगी बढ्दै गएको छ। नेपाल प्रहरीले विभिन्न लोकप्रिय...

    विश्वप्रकाश शर्माद्वारा विशेष महाधिवेशनका लागि हस्ताक्षर अपिल

    काठमाडौं, असोज २१ — नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशनका लागि प्रतिनिधिहरूलाई असोज...

    सिंहदरबारमा राष्ट्रिय विपद् व्यवस्थापन परिषद्को बैठक, राहत प्याकेजमा छलफल

    काठमाडौं, असोज २१ — प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा सिंहदरबारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

    जेनजी आन्दोलन घटनामा गृह मन्त्रालय सक्रिय, पक्राउबारे छलफल तीव्र

    काठमाडौँ, असोज २१ – भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीको मृत्यु भएपछि राजनीतिक र...