News Portal

  • नयाँ वर्षका लागि ८० प्रतिशतसम्म होटल बुकिङ, व्यवसायी उत्साहित

    हिमालीसंचार संवाददाता
    २४० पटक

    नेपालमा कोरोना महामारीको जोखिम घट्दै गईरहेको सरकारले बताई रहदा आउँदो बिहीबार नेपाली नयाँ वर्षको पहिलो दिन शुरु हुदै छ। काठमाडौं उपत्यका लगायद उपत्यका बाहिरका पर्यटकीय गन्तव्यहरूमा नयाँ वर्ष मनाउन आन्तरिक पर्यटकको चहलपहल सुरू भइसकेको छ।

    विशेषगरी पर्यटकीय क्षेत्रहरुका होटलहरु पोखरा, बन्दीपुर, चितवन, काठमाडौं, धुलिखेल, सुकुटे, नगरकोट, इलाम, भेडेटार, धरान लगायत ठाउँका होटल भरिभराउ हुँदै गएका व्यवसायीहरूले बताएका छन्।

    नयाँ वर्ष आउन केही दिन मात्र बाँकी हुँदा ८० प्रतिशत हाराहारी होटल बुकिङ भइसकेको होटल एसोसिएसन अफ नेपाल (हान) ले जनाएको छ। होटलसँगै नयाँ वर्षकै अवसरमा घुम्न जहाजमा जानेहरूले अग्रिम टिकट बुकिङ समेत गरेका छन्। हानका महासचिव साजन शाक्यका अनुसार अहिले होटल र जहाज अग्रिम बुकिङ गर्नेहरूको संख्या उल्लेख्य छ।

    ‘पोखरा, चितवन, भैरहवा र विराटनगर लगायत पर्यटकीय गन्तव्यमा पुग्ने एयरलाइन्सका टिकट लगभग बुकिङ भइसकेका छन्। यसले पर्यटन व्यवसायीलाई मात्र नभई समग्र पर्यटन उद्योगलाई माथि उठाउने संकेत देखाएको छ। 

    कोरोना महामारीका कारण दुई वर्षसम्म थलिएको पर्यटन क्षेत्रमा अहिलेको पर्यटक बहावले व्यवसायीहरू उत्साहित छन्। पर्यटकलाई लक्षित गर्दै होटल संघले गन्तव्यहरूमा विभिन्न कार्यक्रम तथा महोत्सव पनि गरिरहेका छन्।

    पछिल्ला केही महिनायता विदेशी पर्यटक आगमन संख्या पनि बढेको छ। दुवै खालका पर्यटकको चहलपहल हुँदा होटलहरू पहिलेको तुलनामा ६० प्रतिशत बढी चलेको व्यवसायीहरूले बताए।

    पर्यटकीय गन्तव्यहरूमध्ये नयाँ वर्षका लागि पश्चिमाञ्लको  पोखराको तयारी धूमधाम छ। चैत ३० र वैशाख १ गते (दुई दिन) फेवा नव वर्ष महोत्सव हुँदैछ। थलिएको पर्यटन क्षेत्र पुनरूत्थान गर्न पर्यटन, संस्कृति र खाना भन्ने नाराका होटल संघ, पोखराले यो महोसत्व गर्न लागेको हो। आन्तरिक तथा बाह्य पर्यटक आगमन बढाउन संघले विभिन्न तयारी गरिरहेको अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए।

    ‘दुई दिन सडक बन्द गराएर सडकमै महोत्सव गर्छौं। खानाका परिकार सडकमै हुन्छन्। ड्यामसाइड र लेकसाइडबाट र्‍याली हुन्छ,’ उनले भने, ‘यसमा एक लाखभन्दा बढी पर्यटक हुने छन्।’

    पोखरामा यसअघि अंग्रेजी नयाँ वर्षका दिन ‘न्यू इभर इभ’ मनाइएको थियो। त्यसरी नै नेपाली नयाँ वर्ष मनाउन लागिएको उनले बताए।

    सुवेदीका अनुसार हालसम्म महोत्सव तथा नयाँ वर्षका लागि पोखराका ५० प्रतिशत होटल बुकिङ भइसकेका छन्। पोखरामा एक हजार २ सयभन्दा बढी होटल छन् जसमा ४० हजारभन्दा बढी कोठा छन्। नयाँ वर्षको अवसरमा पर्यटकका लागि होटलले ३० प्रतिशत छुट दिने सुवेदीले बताए।

    ‘कोरोनाअघिको नयाँ वर्षमा होटलहरू ९० प्रतिशत भरिएका थिए। महामारीपछि अहिले बल्ल राम्रो संकेत देखिएको छ। यसपालि राम्रै बुकिङ भइरहेको छ, अझ हुने अपेक्षा छ। त्यहीअनुसार कार्यक्रमको तयारी भइरहेको छ,’ उनले भने।

    त्यस्तै अर्को चर्चित पर्यटकीय गन्तव्य सौराहामा पनि धमाधम होटल बुकिङ भइरहेका छन्। नयाँ वर्षका लागि बुकिङ र सोधपुछ आइरहेको क्षेत्रीय होटल संघ, सौराहाका निर्वतमान अध्यक्ष सुमन घिमिरेले बताए।

    नयाँ वर्षलाई लक्षित गर्दै रेस्टुरेन्ट एसोसिएसन (रेबन) को आयोजनामा चैत २८ देखि वैशाख २ गतेसम्म ‘स्ट्रिट फुड फेस्टिभल’ गर्न लागिएको उनले जानकारी दिए।

    ‘विगतमा अंग्रेजी नयाँ वर्ष र भ्यालेन्टाइन्स डेका दिन सौराहामा फुड फेस्टिभल हुन्थ्यो,’ घिमिरेले भने, ‘यसपालि नेपाली नयाँ वर्षको अवसरमा सडकमा खानेकुरा खुवाउन लागिएको हो।’

    सौराहाको गणेशमन्दिर चोकदेखि गैंडाचोकसम्म करिब १७ मिटर सडकमा महोत्सव हुने उनको भनाइ छ। त्यसका लागि सडक तथा बजार सजावटको काम भइरहेको छ। सौराहामा एक सय २० होटल भएकामा ४० प्रतिशतभन्दा बढी बुकिङ भइसकेको उनको भनाइ छ।

    ‘नयाँ वर्ष आउन अझै केही दिन बाँकी छ। अघिल्लो दिनसम्म पनि बुकिङ आउने भएकाले हाम्रो अपेक्षा राम्रो छ,’ उनी भन्छन्।

    नयाँ वर्षका लागि नगरकोटका होटलहरूमा पनि बुकिङ गर्नेको संख्या बढेको छ। नगरकोटको होटल मिस्टिक माउन्टेनमा ९० प्रतिशत कोठा बुकिङ भइसकेको होटलका एक्जुकेटिभ फ्रन्ट अफिसर अपिल गनेजूले बताए। होटलमा ७२ वटा कोठा छन्।

    सामान्य दिनमा ३० प्रतिशतजसो भरिने होटलमा नयाँ वर्षका लागि ह्वात्तै बढेको उनले बताए। होटलले नयाँ वर्षलाई लक्षित गरी आकर्षक प्याकेज पनि ल्याएको छ।

    अंग्रेजी तथा नेपाली नयाँ वर्षमा यी गन्तव्यमा पर्यटकको चाप बढी हुन्छ। कोरोनापछि घुम्न नेपालका सबै ठाउँ खुलेको सन्देश अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन पनि विभिन्न कार्यक्रम गरिएको व्यवसायीहरू बताउँछन्।

    पछिल्लो समय विदेशी पर्यटक आगमन संख्या पनि बढेको छ। नेपाल पर्यटन बोर्डकाअनुसार सन् २०२२ को तीन महिनामा मात्र झन्डै ७९ हजार जना पर्यटक नेपाल भ्रमणका लागि आएका छन्। जबकि सन् २०२१ को पूरा वर्षमा डेढ लाख मात्र आएका थिए। 

    यो तथ्यांकले दुई वर्षअघिदेखि थलिएको पर्यटन उद्योग अब पुरानो बाटोमा फर्किन लय समातेको संकेत गरेको छ। महामारीले असर नपारे बिस्तारै पर्यटन व्यवसाय फस्टाउनेमा व्यवसायीहरू आशावादी छन्। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    आज २०८२ साल असार १८ गतेको राशिफल

    आज असार १८, २०८२ (जुलाई २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कांग्रेस बैठकमा गृहमन्त्री लेखक : एमालेसँग मिलेर सरकार चलाउन अप्ठ्यारो छैन

    काठमाडौं, असार १७ – गृहमन्त्री रमेश लेखकले नेकपा एमालेसँगको सत्ता सहकार्यलाई सहज भन्दै आगामी निर्वाचनसम्म...

    कुलिङ पिरियड प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने गगन थापाको माग

    काठमाडौं, असार १७ – निजामती सेवा सम्बन्धी विधेयकमा देखिएको विवादका कारण प्रतिनिधिसभाको गरिमा र सांसदहरूको...

    एनसीसी लगायतका विषयमा एनआरएनएले औपचारिक धारणा सार्वजनिक गर्दै

    काठमाडौं, असार १७ – गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) ले पछिल्लो...

    कुलिङ पिरियड प्रावधानमा अनधिकृत हेरफेर : सांसद शाहीको कडा आपत्ति, दोषीलाई कारबाहीको माग

    काठमाडौं, असार १७ – निजामति सेवा विधेयकमा राखिएको ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्था अनधिकृत रूपमा फेरबदल...