News Portal

मानव अंगसहित एमबीबीएस अध्यायनरत एक विद्यार्थी पक्राउ

हिमालीसंचार संवाददाता
२७४ पटक

धरान – वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एमबीबीएस अध्ययनरत एक भारतीय विद्यार्थी मानवको टाउको लगायत विभिन्न हड्डीसहित रानी नाकाबाट मंगलबार पक्राउ परेका छन् ।

वीपी प्रतिष्ठान धरानमा एमबीबीएसको अन्तिम वर्षमा अध्ययनरत भारतको विहार प्रदेशस्थित पूर्णिया जिल्लाको पूर्णिया ग्रामपञ्चायतका २६ वर्षीय आदित्य सिन्हा मानव टाउको लगायत विभिन्न हड्डी सहित पक्राउ परेका हुन् ।

सिन्हा रिक्सामा भारततर्फ जाँदै गरेको अवस्थामा विराटनगर १५ रानीस्थित मुख्य भन्सार नाकामा खटिएको सशस्त्र प्रहरी टोलीले पक्राउ गरेको हो । सिन्हालाई शंका लागेर जाँच गर्दा मानवको टाउकोलगायत विभन्न हड्डी बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ कंकालनी गणका गणपति राजकुमार लामिछानेले बताए ।

उनले बोकेका कार्टुनमा मानवको टाउको, खुट्टाको हड्डी ३ वटा, हातको हड्डी ६ वटा, करङको हड्डी ७ वटा, काँधको हड्डी २ वटा, ढाँड, औंला, कुर्कुचाको ८/८ वटा हड्डी, घाँटी, हिप र बंगाराको १/१ वटा हड्डी बरामद भएको प्रहरीले बताए ।

सशस्त्र प्रहरीले कारबाहीका लागि इलाका प्रहरी रानीमा बरामद गरिएका हड्डी र सिन्हालाई प्रहरी समक्ष बुझाएको छ । सिन्हाले भने एमबीबीएस अध्ययन पूरा हुने समय भएकाले अध्ययनका लागि यसअघि एमबीबीएस गरेका साथीहरुले दिएको मानव टाउको र हड्डी लिएर घर जाँदै गरेको प्रतिक्रिया दिएका छन् । 

यसअघि पनि सशस्त्र प्रहरीले २०७८ असोज १८ गते रानीस्थित २ नम्बर ढाठबाट २८ वटा मानव खप्पर र १० वटा हातखुट्टाको हड्डी बरामद गरेको थियो ।

प्रतिकृया दिनुहोस्

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...