News Portal

  • मानव अंगसहित एमबीबीएस अध्यायनरत एक विद्यार्थी पक्राउ

    हिमालीसंचार संवाददाता
    २३० पटक

    धरान – वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एमबीबीएस अध्ययनरत एक भारतीय विद्यार्थी मानवको टाउको लगायत विभिन्न हड्डीसहित रानी नाकाबाट मंगलबार पक्राउ परेका छन् ।

    वीपी प्रतिष्ठान धरानमा एमबीबीएसको अन्तिम वर्षमा अध्ययनरत भारतको विहार प्रदेशस्थित पूर्णिया जिल्लाको पूर्णिया ग्रामपञ्चायतका २६ वर्षीय आदित्य सिन्हा मानव टाउको लगायत विभिन्न हड्डी सहित पक्राउ परेका हुन् ।

    सिन्हा रिक्सामा भारततर्फ जाँदै गरेको अवस्थामा विराटनगर १५ रानीस्थित मुख्य भन्सार नाकामा खटिएको सशस्त्र प्रहरी टोलीले पक्राउ गरेको हो । सिन्हालाई शंका लागेर जाँच गर्दा मानवको टाउकोलगायत विभन्न हड्डी बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ कंकालनी गणका गणपति राजकुमार लामिछानेले बताए ।

    उनले बोकेका कार्टुनमा मानवको टाउको, खुट्टाको हड्डी ३ वटा, हातको हड्डी ६ वटा, करङको हड्डी ७ वटा, काँधको हड्डी २ वटा, ढाँड, औंला, कुर्कुचाको ८/८ वटा हड्डी, घाँटी, हिप र बंगाराको १/१ वटा हड्डी बरामद भएको प्रहरीले बताए ।

    सशस्त्र प्रहरीले कारबाहीका लागि इलाका प्रहरी रानीमा बरामद गरिएका हड्डी र सिन्हालाई प्रहरी समक्ष बुझाएको छ । सिन्हाले भने एमबीबीएस अध्ययन पूरा हुने समय भएकाले अध्ययनका लागि यसअघि एमबीबीएस गरेका साथीहरुले दिएको मानव टाउको र हड्डी लिएर घर जाँदै गरेको प्रतिक्रिया दिएका छन् । 

    यसअघि पनि सशस्त्र प्रहरीले २०७८ असोज १८ गते रानीस्थित २ नम्बर ढाठबाट २८ वटा मानव खप्पर र १० वटा हातखुट्टाको हड्डी बरामद गरेको थियो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    प्रहरीले २४ घण्टाभित्र बालेन–सुदनविरुद्धको जाहेरीमा जवाफ दिने

    काठमाडौं, असोज २१ — काठमाडौं महानगरपालिका प्रमुख बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्धको...

    घरै बसेर सजिलै कमाउने प्रलोभनमा नपर्न साइबर प्रहरीले चेतावनी

    काठमाडौं, असोज २१ — सामाजिक सञ्जाल फेसबुकमार्फत ठगी बढ्दै गएको छ। नेपाल प्रहरीले विभिन्न लोकप्रिय...

    विश्वप्रकाश शर्माद्वारा विशेष महाधिवेशनका लागि हस्ताक्षर अपिल

    काठमाडौं, असोज २१ — नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशनका लागि प्रतिनिधिहरूलाई असोज...

    सिंहदरबारमा राष्ट्रिय विपद् व्यवस्थापन परिषद्को बैठक, राहत प्याकेजमा छलफल

    काठमाडौं, असोज २१ — प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा सिंहदरबारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

    जेनजी आन्दोलन घटनामा गृह मन्त्रालय सक्रिय, पक्राउबारे छलफल तीव्र

    काठमाडौँ, असोज २१ – भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीको मृत्यु भएपछि राजनीतिक र...