News Portal

गंगाजमुना गाउँपालिका सरकार जनताको प्रतिनिधित्व भएर काम गर्ने कहिले?

हिमालीसंचार संवाददाता
५४७ पटक

धादिङ सतिस खत्री जस्ले जे भनेनि जसो गर्छु भनेनि आखिर जनतालाई खुसी दिने भनेको सामान्य विकासका पुर्वधारहरुले नै हो। भन्नेनै हो भने झट्ट हेर्दा देखिने विकास भनेको यिनै न हुन् जस्तै बर्खामा गाडि हिड्ने बाटो राम्रो हुन पर्यो गोरेटो बाटो हरु सुधार हुन पर्यो। एक घर एक धारा हुन पर्यो, पानीका मुहानहरु को व्यवस्थापन हुन पर्यो, बुढाथुम साविक वडा १,२,३ मा बत्ती बल्न पर्यो गरिव र निम्न बर्गलाई हुने गरि कार्ययोजना ल्याउनु पर्यो गरिवको हक अधिकारलाइ सुनिस्चित गर्नुपर्यो स्कुलमा राज्निती करण नभइ निस्पक्ष र दवाव रहित गुणस्तरिय पठन पाठन र उपयुक्त शिक्षक नियुक्ती हुनु पर्यो।

युवाहरुलाई समेटिने गरि स्वरोजगारको कार्यक्रम ल्याउनु पर्यो, आफ्ना कार्यकर्ताको भर्ती केन्द्र जस्तो गरि वडा र पालिका चलाउनु भएन, जनभावना अनुरुप विकासका गतिविधि हुन पर्यो स्वास्थ्य क्षेत्रमा सुधार हुनु पर्यो डोकोमा औषधि बोक्दै ल्याउँदै हस्पिटल चल्नु राम्रो हैन आवस्यक स्वास्थ्य सामाग्री सबै उपलबध हुनु पर्यो, वडा/पालिका बाट बजेड बिनियोजन गर्दा दलिय भागबन्डा नभई भेगिय हिसाबले बिनियोजन गर्नुपर्यो।

सके सम्म स्थानियको सुझाब अनुसार अघि बढ्नु पर्यो। एक्लौटी सासन मात्र नगरी समावेशी ढङ्गले जनताको प्रतिनिधित्व गर्नु पर्यो, कृषि क्षेत्रमा टेवा पुग्ने गरि कार्ययोजना बनाउनु पर्यो, स्थानिय जनशक्तीलाई प्रयोग गरि तेहा कलकारखाना वा आयात गर्ने कुनै माध्यम बनाउनु पर्यो। खेल्कुद क्षेत्रका लागि विशेष कार्ययोजना बनाउनु पर्यो ।  वैदेशिक रोजगारका शिलिशिलामा विदेश गएर समस्या परेकालाई सहयोग गरि उद्दार गर्ने काममा पहल गर्नु पर्यो । पहिरो र भुक्ष्य भएको ठाउँलाई संरक्षण गर्नुपर्यो।

पुरातात्त्विक सम्पदालाई जगेर्ना र प्रचार प्रचार गर्नुपर्यो !! आपत बिपत पर्दा के के गर्ने भनेर कार्ययोजना सहित सधै तयारी बस्नु पर्यो आपत बिपतको बेला जनतालाई राहातको व्यवस्था गर्नु पर्यो विविध यी काम मध्ये कुनै पनि काम सहि र उपयुक्त नगरेको हुनाले गंगाजमुना गाउँपालिकामा सरकार सफल कि असफल आफैँ मुल्यांकन गर्नु होला।

 

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...