News Portal

पेट्रोलियम खपत घटाउन मन्त्रिपरिषद्‍मा प्रस्ताव, सातामा दुई दिन सार्वजनिक बिदा

हिमालीसंचार संवाददाता
३२३ पटक

काठमाडौं – पेट्रोलियम पदार्थको खपत २० प्रतिशतसम्म घटाउने योजनासहितको मन्त्रिपरिषदमा प्रस्ताव पुगेको छ । अर्थ मन्त्रालयले हाल खपत भइरहेको पेट्रोलियम पदार्थको खपत २० प्रतिशतसम्म घटाउने लक्ष्यका साथ उक्त प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको हो ।

अर्थमन्त्री जनार्दन शर्माले सातामा दुई दिन सार्वजनिक बिदा दिनेगरी पेट्रोलियम पदार्थको खपत घटाउने प्रस्ताव मन्त्रिपरिषद्मा पेस भइसकेको जानकारी दिए । उनले सोमबार मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै भने, ‘पेट्रोलियम पदार्थको खपत घटाउन सातामा दुई दिन सार्वजनिक बिदा दिने प्रस्ताव मन्त्रिपरिषद्मा गरिएको छ ।’

सातामा दुई दिन सार्वजनिक बिदा दिँदा निजी प्रयोजनका लागि खपत हुँदै आएको पेट्रोलियम पदार्थको खपत घट्ने अनुमान सरकारको छ । सार्वजनिक विदामा सरकारी लगायत विभिन्न कार्यालय बिदा हुने र त्यो दिन प्रयोग हुने पेट्रोलियम जोगिने प्रक्षेपणसहित सरकारले सातामा दुई दिन विदा दिएर २० प्रतिशतसम्म पेट्रोलियमको खपत घटाउने योजना बनाएको हो ।

कोभिड-१९ महामारी साम्य बनेयता र रुस–युक्रेन युद्धका कारणले विश्वबजारमा पेट्रोलियम पदार्थको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । अन्तर्राष्ट्रिय बजारमा आज कच्चा तेलको मूल्य प्रतिब्यारेल ९७.८९ अमेरिकी डलर छ । 

यस्तै, हाल नेपालमा पेट्रोलको बिक्री मूल्य प्रतिलिटर १६० रुपैयाँ र डिजेलको बिक्री मूल्य प्रतिलिटर १४३ रुपैयाँ छ ।अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य अनियन्त्रित गतिमा बढ्दा नेपालको भुक्तानी सन्तुलन नै समस्यामा परेको छ । बढेको मूल्यमा तेल किनेर घाटामै तेल बेच्दै आएको नेपाल आयल निगमसँग यतिबेला तेल किन्ने रकम समेत छैन । पछिल्लो समय निगमलाई तेल किन्न सरकारले रकम दिँदै आएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन ५ गतेको राशिफल

आज फागुन ५, २०८२ ( फेब्रुअरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ओलीले भने, ‘देशभक्तिका काम गर्न नदिने हो’

काठमाडौं, फागुन ४ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा–५ मा आयोजित चुनावी घरदैलोमा...

झापामा चुनावी संवाद: बालेन र शिक्षकबीच रोचक बहस

झापा, माघ ४ — प्रतिनिधि सभा निर्वाचनको माहोल तातिँदै जाँदा झापा–५ मा एक चुनावी कार्यक्रममा...

प्रहरी कार्यालयबाट लुटिएको पेस्तोलसहित दुई जना पक्राउ

झापा, फागुन ४ — बिर्तामोडस्थित इलाका प्रहरी कार्यालयबाट लुटिएको हतियार प्रकरणमा दुई जनालाई प्रहरीले पक्राउ...

गंगाजमुना–५ मा रमेश धमलाको घरदैलो अभियान, पञ्चेबाजासहित भव्य स्वागत

धादिङ – प्रतिनिधि सभा सदस्य निर्वाचन धादिङ क्षेत्र नं. २ का नेपाली कांग्रेस उम्मेदवार रमेश...