News Portal

पेट्रोलियम खपत घटाउन मन्त्रिपरिषद्‍मा प्रस्ताव, सातामा दुई दिन सार्वजनिक बिदा

हिमालीसंचार संवाददाता
३०१ पटक

काठमाडौं – पेट्रोलियम पदार्थको खपत २० प्रतिशतसम्म घटाउने योजनासहितको मन्त्रिपरिषदमा प्रस्ताव पुगेको छ । अर्थ मन्त्रालयले हाल खपत भइरहेको पेट्रोलियम पदार्थको खपत २० प्रतिशतसम्म घटाउने लक्ष्यका साथ उक्त प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको हो ।

अर्थमन्त्री जनार्दन शर्माले सातामा दुई दिन सार्वजनिक बिदा दिनेगरी पेट्रोलियम पदार्थको खपत घटाउने प्रस्ताव मन्त्रिपरिषद्मा पेस भइसकेको जानकारी दिए । उनले सोमबार मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै भने, ‘पेट्रोलियम पदार्थको खपत घटाउन सातामा दुई दिन सार्वजनिक बिदा दिने प्रस्ताव मन्त्रिपरिषद्मा गरिएको छ ।’

सातामा दुई दिन सार्वजनिक बिदा दिँदा निजी प्रयोजनका लागि खपत हुँदै आएको पेट्रोलियम पदार्थको खपत घट्ने अनुमान सरकारको छ । सार्वजनिक विदामा सरकारी लगायत विभिन्न कार्यालय बिदा हुने र त्यो दिन प्रयोग हुने पेट्रोलियम जोगिने प्रक्षेपणसहित सरकारले सातामा दुई दिन विदा दिएर २० प्रतिशतसम्म पेट्रोलियमको खपत घटाउने योजना बनाएको हो ।

कोभिड-१९ महामारी साम्य बनेयता र रुस–युक्रेन युद्धका कारणले विश्वबजारमा पेट्रोलियम पदार्थको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । अन्तर्राष्ट्रिय बजारमा आज कच्चा तेलको मूल्य प्रतिब्यारेल ९७.८९ अमेरिकी डलर छ । 

यस्तै, हाल नेपालमा पेट्रोलको बिक्री मूल्य प्रतिलिटर १६० रुपैयाँ र डिजेलको बिक्री मूल्य प्रतिलिटर १४३ रुपैयाँ छ ।अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य अनियन्त्रित गतिमा बढ्दा नेपालको भुक्तानी सन्तुलन नै समस्यामा परेको छ । बढेको मूल्यमा तेल किनेर घाटामै तेल बेच्दै आएको नेपाल आयल निगमसँग यतिबेला तेल किन्ने रकम समेत छैन । पछिल्लो समय निगमलाई तेल किन्न सरकारले रकम दिँदै आएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...