News Portal

एमाले अध्यक्ष ओलीले हलेसीमा चढाए भेटी र माराति गुम्बालाई आर्थिक सहयोग

हिमालीसंचार संवाददाता
२१९ पटक

खोटाङ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खोटाङको हलेसी मन्दिरलाइ दुई लाख भेटी र मारातिका गुम्बामा अध्यायनरत विधार्थीका लागि दुई लाख सहयोग गरेका छन् ।

गत १९ चैतमा खोटाङ जिल्ला दिक्तेलको माटिकोरेमा नेकपा एमालेले आयोजना गरेको जनसभालाई सम्बोधन गर्नुअघि हेलिकोप्टरबाट हलेसी ओर्लिएका अध्यक्ष ओलीले एक लाख भेटी चढाउने घोषणा गरेका थिए। अध्यक्ष ओलीले पठाएको रकम आइतबार एक कार्यक्रम आयोजना गरेर हलेसी मन्दिरमा दुई लाख र मारातिका गुम्बामा दुई लाख सहयोग हस्तान्त्रण गरिएको हो।

अध्यक्ष ओलीले पठाएको भेटी रकम रामनवमीको अवसरमा आइतबार एमाले केन्द्रीय सदस्य एवं खोटाङ सह–इन्चार्ज उषाकला राई, केन्द्रीय सदस्य रमेशकुमार पौडेल र एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगालले हलेसी महादेव विकास समितिका अध्यक्ष हर्कराज राई र हलेसी मारतिका गुम्बा व्यावस्थापन समितिका अध्यक्ष डोमा लामालाई हस्तान्तरण गरेका हुन्।  

अध्यक्ष ओलीले पठाएको भेटी एमाले जिल्ला कमिटी खोटाङले आयोजना गरेको एक औपचारिक कार्यक्रमका बीच मन्दिर र गुम्बालाई हस्तान्तरण गरेका हुन्। मारातिका गुम्बामा अध्ययनरत विद्यार्थीहरुको पठन–पाठन साथै प्रोत्साहनका लागि अध्यक्ष ओलीले दुई लाख नगद पठाएको एमाले केन्द्रीय सदस्य राईले बताइन् । 

अध्यक्ष ओलीले पठाएको भेटी हस्तान्तरण कार्यक्रममा एमाले जिल्ला सचिव कुमारप्रसाद आचार्य, उप–सचिव दिपनारायण रिजाल र सुरेन्द्रकुमार राईले हलेसी विकास समितिका कार्यकारी निर्देशक सम्मरबहादुर भुजेल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका नगर कमिटी अध्यक्ष गोपालचन्द्र आचार्य, एमाले हलेसी तुवाचुङ नगर कमिटी अध्यक्ष डिल्ली चाम्लिङ राई, हलेसी महादेव मन्दिर व्यावस्थापन समितिका पूर्वअध्यक्ष गजुरमान राई लगायतको उपस्थिति समेत रहेको थियो ।  

प्रतिकृया दिनुहोस्

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...