News Portal

नासा ईन्भेष्टमेन्ट प्रालिको शाखा सुनसरीको इनरुवामा उद्धाटन

हिमालीसंचार संवाददाता
४१२ पटक

 

रबिन्द्र बराल/मोरङ – सुनसरी जिल्लाको सदरमुकाम इनरुवामा नासा ईन्भेष्टमेन्ट प्रालिले आफ्नो शाखा कार्यालय उद्घाटन गरेको छ। एक कार्यक्रमको आयोजना गरेर नासा ईन्भेष्टमेन्ट प्रालिले आफ्नो पहिलो शाखा इनरुवामा उद्घाटन गरेको हो । 

मोरङ जिल्लाको विराटनगरलाई केन्द्र बनाएर विभिन्न क्षेत्रमा सेवा प्रवाह गर्दै आएको नासा ईन्भेष्टमेन्ट प्रालिले सुनसरी जिल्लाको सदरमुकाम समेत रहेको इनरुवामा सेवा विस्तार गरेको नासा ईन्भेष्टमेन्ट प्रालिका प्रमुख अरबिन्द मेहेताले हिमालीसंचारडटकमलाई जानकारी दिए। 

नेपाल स्टक एक्सचेञ्ज नेप्सेकाका पुर्व कार्यकारी अधिकृत सीईओ चन्द्र सिंह साउत र जिल्ला प्रसाशन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले सयुक्त शाखा कार्यालयको उद्घाटन गरेका छन्। 

त्यस्तै, प्रालिको शाखा कार्यालय उद्धानसंगै इनरुवामा सर्वसाधरणका लागि निशुल्क स्वास्थ्य सेवा संचालन गरेका थिए। आखा, कान नाक घाटी स्वास्थ्य शिबिर, रक्तदान कार्यक्रम समेत नासाले आयोजना गरेको थियो। 

आयोजित कार्यक्रममा सास्कृतिक एंवम् सागीतिक कार्यक्रम समेत रहेको थियो ।  बरिष्ठ गायक रामा मण्डल, गायक प्रितम आचार्य, नितिन गजुरेल, प्रवालादीप बिश्वाश र प्रकाश अनुरागले आफ्नो प्रस्तुति दिएका थिए। नासा ईन्भेष्टमेन्ट प्रालिले आफ्नो दोस्रो शाखा आगामी २७ गते सुनसरीको देवानगंजमा उद्घाटन गर्ने कार्यक्रम रहेको प्रालिका प्रमुख अरविन्द मेरताले हिमालीसंचारडटकमसंग बताए। 

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...