News Portal

एनआरएनए एनसीसी पोल्याण्डले लामिछाने-महतोको समुहसँग समन्वय नगर्ने धोषणा

हिमालीसंचार संवाददाता
१८५ पटक

पोल्याण्ड – गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) पोल्याण्डले संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो र पूर्वअध्यक्ष जिबा लामिछानेले ठेक्कामा बनाएको अन्तराष्ट्रिय समन्वय परिषदको टोलीसँग समन्वय नगर्ने भएको छ।

गत मार्च महिनाको २२ तारिखदेखि २५ तारिखसम्म होटल याक एण्ड यतिमा नेपालमा भएको १० औं महाधिवेशनद्वारा निर्वाचित बिनोद कुँवरको नेतृत्व नै आधिकारिक हुने कुरा सर्वत्र चर्चा चलिरहेको सनयमा पोल्याण्डबाट यस्तो बक्तब्य सार्वजनिक भएको हो।

बिगत देखि नै लामिछाने-महतोले व्यक्तिहरुलाई नेतृत्वमा पुर्याए बापत उम्मेदवारहरुबाट कमिशन लिने गरेको श्रोतको दावी रहेको छ । यो पटक उनीहरुले ५० करोडको सेटिङ्ग ठेक्काको बजेटमा आफूहरुलाई १० करोड निकाल्ने सेटिङ गरेको नेतृत्वको जम्बो टोली बनाएको श्रोतको दाबी छ। त्यसलाई पुरा गर्न मनोनयनको संख्या २०० भन्दा धेरै पुर्याएको ब्यबहारले समेत पुष्टि गरेको छ।  

उम्मेदवारहरुले मनोनयन शुल्क बाहेक अरु पैसा तिर्नुपर्ने कुरा बढ्दै आएपछि विवाद चरम उत्कर्षमा पुगेको हो। त्यसैको फलस्वरूप मनोनित भनिएका धेरैले पदत्याग गर्दै छन् ।

यस विषयमा पहिलो पटक एनसीसी पोल्याण्डको विज्ञप्तिमा विधान सम्मत निर्वाचन प्रकृया पुरा नगरिकन जम्बो कार्यसमिति राजनैतिक भागवण्डाका आधारमा मनोनयन हुंदा राष्ट्रिय समन्वय परिषदहरूको साख घटेको, काम गर्न अन्योल बढेको, एनआरएनए जस्तो गैरराजनैतिक संगठनको छवि विश्वभर रहेका नेपालीहरूको शाख गिराउने काम भएकाले एनआरएनए पोल्याण्ड यस्तो कार्यको घोर विरोध गर्दछ।

निकट भविश्यमा प्रजातान्त्रिक पद्धतिलाई अवलम्बन गरी विधि विधान अनुसार राजनीतिक भागवण्डा छोडी, निस्वार्थ रूपमा नया कार्यसमिति कठन भएमा पुनःसमन्वय गरी अगाडि बढ्ने समेत जारी प्रेश विज्ञप्तीमा उल्लेख गरिएको छ।

प्रतिकृया दिनुहोस्

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...