News Portal

ऐसेलुखर्क गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षले गाडी फिर्ता गरे

हिमालीसंचार संवाददाता
२५८ पटक

खोटाङ – खोटाङ जिल्लाको ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले सरकारी गाडी फिर्ता गरेका छन् । गाउँपालिकाको सभाहल उद्घाटन एवं विशेष गाउँसभाको अवसरमा हिजो शुक्रबार गाउँपालिका अध्यक्ष बिश्वनाथ निरौला र उपाध्यक्ष पुष्पकला भुजेलले आफुले प्रयोग गर्दैआएको सरकारी गाडी फिर्ता गरेका हुन् ।

गाउँपालिका अध्यक्ष निरौलाले आफुले चढ्दैआएको बा २ झ ३४९६ नम्बरको स्कार्पियो गाडी र उपाध्यक्ष भुजेलले आफुले प्रयोग गर्दैआएको बा २ झ ४३९४ नम्बरको गाडीको चाँबी गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवलाई हस्तान्तरण गरेका छन् ।

गाउँपालिका अध्यक्ष निरौला र उपाध्यक्ष भुजेलले निर्वाचन आचार संहिता लागू हुन लाग्दा गाडी फिर्ता गरेका हुन् । ऐसेलुखर्क गाउँपालिकामा अध्यक्षको प्रयोजनकालागि २०७४ सालमा र उपाध्यक्षको प्रयोजनका लागि २०७५ सालमा गाडी खरिद गरिएको थियो ।

गाउँपालिकामा डेढ सय क्षमताको सभाहल उद्घाटनः ऐसेलुखर्क गाउँपालिकाले डेढ सय जना क्षमताको सभाहल निर्माण गरेको छ । कुल ४७ लाख ७६ हजार ८०८ रुपैयाँमा समिक्षा निर्माण सेवा, सुनसरीले निर्माण गरेको सभाहल शुक्रबार उद्घाटन गरिएको हो ।

सभाहलमा ५० जना अट्ने स्टेज, करिब सय जना अट्ने ८ स्टेपको प्याराफिट, दुई वटा स्टोर रुम, तीन वटा धारा लगायतका संरचना बनाइएको छ । उक्त सभाहल उद्घाटन लगत्तै विशेषसभा सञ्चालन गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...