News Portal

सर्लाहीको बागमती नगरपालिकास्थित ६० करोडको भरत ताल

हिमालीसंचार संवाददाता
२०० पटक

राजनीतिक दलका नेताहरू अहिले देशभर भ्यू टावर र गेटको उद्घाटन गर्न व्यस्त छन्। नगरपालिका र गाउँपालिकाले यस्ता भ्यू टावरबाट आम्दानी बढाउने योजना अघि सारिरहेका छन्। तर सर्लाहीको बागमती नगरपालिका मेयर भरतकुमार थापाले अन्य ठाउँभन्दा पृथक ताल निर्माण गरेका छन्।

मेयर थापाले बनाएको तालको आकार झण्डै १४ वटा फुटबल मैदान खेल जत्रो छ। तालले आम्दानीसमेत गर्न थालेको छ।थापाका अनुसार अहिलेसम्म उक्त तालमा ५ लाख भन्दा धेरै आन्तरिक पर्यटक पुगिसकेका छन्। 

मेयर भएपछि थापाले नगरभित्र रहेका र खेर गइरहेका जमिन प्रयोग गर्ने विषयमा अध्ययन गराएका थिए। त्यसपछि थापाले नै बागमती किनारमा खेर गइरहेको जमिनमा ताल निर्माण गर्ने निर्णय लिएका हुन्।

सुरूआतमा मेयर थापाले माछा पोखरी बनाउने सोचेका थिए। अहिले पनि नगरपालिकाको योजनामा यसलाई ‘फिसर पोन्ड’ नै लेखिएको छ। तर अहिले यो मानवनिर्मित पोखरी ‘भरत ताल’को नाममा चर्चित बनेको छ। ताल र वरपरिको संरचना बनाउन नगरपालिकाले ६० करोड खर्च गरेको छ। 

‘तालको स्वरूप लिएपछि यहाँ आउनेले कसले बनायो भनेर सोधखोज गरे’, मेयर थापाले भने, ‘त्यसपछि भरत थापाले बनायो भन्ने भएपछि यसको बोलाउने नाम भरत ताल भएको हो। यसको आधिकारिक नामाकरण हामीले गरेका छैनौं।’ अहिले तालमा मोटर बोट चल्छन्। छेउछाउमा चिया-नास्ता पसल खुलेका छन्। नगरपालिकाले नै तालको बीचमा पर्ने गरी एउटा होटल पनि निर्माण गरिरहेको छ। मेयर थापाले यसलाई भाडामा दिएर नगरपालिकाको आम्दानीको स्रोत बनाउन चाहन्छन्। ताल अझै विस्तार हुँदैछ। 

त्यसो त नदी किनारमा ताल बनाउने निर्णयमा कतिपयले प्रश्न उठाएका थिए। बालुवा भएको स्थानमा पानी जम्मा भइराख्नेमा धेरैको शंका थियो। तर निर्माण गर्दै गएपछि तालले आकार लियो।

‘यसलाई मधेश प्रदेशकै पर्यटकीय स्थल बनाउने योजना छ’, थापाले भने, ‘मान्छेहरू यहाँ आउँदा दोहोर्‍याएर आउने ताल बनोस् भन्ने हिसाबले संरचना निर्माण गर्नेछौं।’

तालमा माछा पाल्ने र डलफिन राख्ने योजना मेयर थापाले सुनाए। तालको छेवैमा धार्मिक स्थल पनि बनाउने योजना उनले बनाएका छन्। भरत यो ताल क्षेत्रलाई साँझको समयमा अझै चल्ने ठाउँ बनाउन चाहान्छन्।

यो ताल निर्माण भइसकेपछि वरिपरि राम्रा रेष्टुरेन्ट सञ्चालनदेखि होटलसम्मलाई भाडामा दिने उनको योजना छ। अझ काठमाडौं तराई फास्ट ट्र्याक निर्माण भएपछि यो ठाउँमा राम्रो विकास हुने उनको दाबी छ।

‘हामीले प्रतिष्पर्धात्मक विकासको मोडलमा जानुहुन्न’, मेयर थापाले भने, ‘नयाँ चिज दिन सक्नुपर्छ। त्यसले आन्तरिक र बाह्य पर्यटक आउँछन्। के गर्दा नागरिक स्वरोजगार हुन्छन् भन्ने हिसाबले योजना बनउनुपर्छ’, भ्यू टावर र गेटको विषयमा सोधिएको प्रसंगमा थापाले भने, ‘अरूले जे गरे त्यो गर्नुपर्छ भन्ने छैन।’ 

प्रतिकृया दिनुहोस्

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...