News Portal

इटहरी गोल्डकपको उपाधि नजिक त्रिभुवन आर्मी क्लब

हिमालीसंचार संवाददाता
३७५ पटक

इटहरी – विभागीय टिम त्रिभुवन आर्मी क्लब सुनसरीमा जारी बाह्रौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

इटहरी रङ्गशालामा हिजो बुधवार भएको पहिलो सेमिफाइनल खेलमा रोलिङ क्लब झापालाई २–१ गोल अन्तरले पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो ।

डिफेण्डिङ च्याम्पियन आर्मीका लागि टेकबहादुर बुढाथोकी र सन्तोष तामाङले एक एक गोल गरे । बुढाथोकीले ५१ औँ र तामाङले ९० औँ मिनेटमा गोल गरेका थिए । रोलिङ क्लबका लागि विदेशी खेलाडी अजय मार्टिनले अतिरिक्त समयको चौथो मिनेटमा एक गोल फर्काए ।

आर्मीले अब उपाधिका लागि भोलि बिहीबार मनाङ मर्स्याङ्दी क्लब र सगरमाथा फुटबल क्लब मोरङ बिच हुने अन्तिम सेमिफाइनल खेलको विजेतासँग शनिवार फाइनलमा प्रतिस्पर्धा गर्नेछ। हिजो भएको खेलको म्यान अफ द म्याच आर्मीका टेकबहादुर बुढाथोकी घोषित हुँदै नगद १० हजार पुरस्कार पाए ।फाइनल खेलको विजेताले ७ लाख र उपविजेताले ३ लाख ५० हजार पाउने छन्। 

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...