News Portal

  • कंगोमा नेपाली सैनिक माथी आक्रमण, सुर्खेतका गुरूङको मृत्यु

    हिमालीसंचार संवाददाता
    ८०० पटक

    काठमाडौं – अफ्रिकी मुलुक कंगोमा शान्ति सैनिकका रूपमा खटिएका एक जना नेपाली सैनिकको मृत्यु भएको छ। नेपाली सेनाको जनसम्पर्क निर्देशनालयका अनुसार मंगलबार विद्रोहीको आक्रमणमा परी घाइते भएका सुर्खेत गुर्भाकोट-१४ का सिपाही अनिल गुरूङको मृत्यु भएको हो।

    संयुक्त राष्ट्रसंघका महासचिवका सहायक प्रवक्ताले विज्ञप्ति जारी गर्दै दिवंगत नेपाली सैनिकप्रति श्रद्धान्जली र परिवारप्रति समवेदना प्रकट गरेका छन्। नेपाली शान्ति सैनिकहरूले अपरेशन ‘बाली’ सञ्चालन गरेका थिए।

    मंगलबार प्रमुख सेनानी निकिल कुँवरको कमाण्डमा ‘कर्डन एन्ड सर्च’को कारबाही सञ्चालन गरी विद्रोहीको अब्जेक्टिभ कब्जा गरी जमीन होल्ड गरेको निर्देशनालयले जनाएको छ।

    त्यसपछि विद्रोहीले अज्ञात स्थानबाट अचानक गरेको फायरबाट त्यहाँ कार्यरत एक सैनिक घाइते भएका थिए। घाइते सैनिकको हेलिकप्टरमार्फत् उद्धार गरी बुनियाँस्थिल लेबल २ अस्पतालमा पुर्‍याइएको थियो। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल साउन ४ गतेको राशिफल

    आज साउन ४, २०८२ (जुलाई २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कुवेत पठाईदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

    काठमाडाैं। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कुवेत पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक...

    आज २०८२ साल साउन ३ गतेको राशिफल

    आज साउन ३, २०८२ (जुलाई १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    ज्ञानेन्द्र शाही र कुलमान घिसिङलाई ‘ग्लोबल हिरो अवार्ड २०२५’ प्रदान गरिने

    काठमाडौँ, साउन २ – नेपालका दुई चर्चित व्यक्तित्व—सामाजिक अभियानमा क्रियाशील राप्रपा नेता ज्ञानेन्द्र शाही र...

    शनिबार रातिदेखि देशभर मनसुनी वर्षा तीव्र हुने, ३६ जिल्लामा बाढीको जोखिम

    काठमाडौं, साउन २ – शनिबार रातिदेखि नेपालभर मनसुन सक्रिय हुँदै अत्यधिक वर्षा हुने जल तथा...