News Portal

क्यान्सरको उपाचार नेपालमै सम्भव छः क्यान्सर रोग विशेषज्ञ सुदिप श्रेष्ठ

सुरूमै थाहा पाउन सके ३० प्रतिशत क्यान्सर पूर्ण निको बनाउन सकिन्छ!

हिमालीसंचार संवाददाता
४४० पटक

काठमाडौं – विश्वमा क्यान्सर रोगको अवस्था भयावह छ। प्रत्येक वर्ष विश्वमा दुई करोड क्यान्सरका बिरामी थपिरहेका छन् । त्यसमध्ये विश्वमा झन्डै एक करोड जनाको मृत्यु भई रहेको हुन्छ। नेपालको सन्दर्भमा हेर्ने हो भने सन् २०२० सालको तथ्यांकअनुसार झन्डै २० हजार क्यान्सर पीडित रहेका छन् । तीमध्ये १३ हजारको मृत्यु भएको देखिन्छ।

क्यान्सर बढ्नु कारण जीवनशैली नै हो। सूर्तिजन्य पदार्थ र रक्सीको अत्यधिक सेवन, पोलेको अनि सुकाएर र डढाएर मासु खाँदा पनि क्यान्सर अत्याधिक हुन सक्छ। प्लास्टिकमा राखिएका खानाहरू अत्यधिक खाने, व्यायाम कम गर्नु पनि यसको प्रमुख कारण हो। वातावरण प्रदूषण, धुँवाधूलोले गर्दा पनि क्यान्सर हुने सम्भावना बढी हुन्छ। यसबाहेक जति उमेर बढ्दै जान्छ, त्यति नै क्यान्सरको खतरा पनि उच्च हुँदै जान्छ।

विश्वमा क्यान्सरको उपचार नपाएर अथवा पूर्ण उपचार नपाएर मृत्यु हुनेको संख्या ठूलो छ। क्यान्सर उपचार र निराकरणमा जुन रूपमा सेवा पाउनुपर्ने हो त्यसमा एकदमै भिन्नता छ। क्यान्सर उपचारमा हुने दुरी कम गर्नुपर्छ भन्ने अहिले नारा नै छ।

नेपालको सन्दर्भमा हेर्ने हो भने केही यस्ता व्यक्ति छन् जसले संसारको उत्कृष्ट सेवा लिन सक्छन्। नेपालमासँगै अर्कोतर्फ यस्ता जनता छन् जसले क्यान्सरको उपचारबारे अलिकति पनि थाहा पाएका छैनन्।

उनीहरू अस्पताल पुग्न समेत सक्दैनन्। त्यही भएर यो दुरी कम गर्न आ-आफ्नो ठाउँबाट सबैले पहल गरौं भन्ने हो। हामीले हाम्रो समाजमा सचेतना मात्रै फैलाउन सकियो भने पनि धेरै सहज हुन्छ। तर दीर्घकालमा जाने हो भने राष्ट्रिय क्यान्सर नीति बनाउनुपर्छ।

सबैभन्दा पहिला बिरामीलाई अस्पताल आउने वातावरण बनाउनुपर्छ। त्यसका लागि जनचेतनामूलक कार्यक्रम गर्नुपर्छ भने उनीहरूका लागि सहुलियतको व्यवस्था हुनुपर्छ।

डा. सुदिप श्रेष्ठका अनुसार; “३० प्रतिशतभन्दा धेरै क्यान्सर सुरूको अवस्थामा पत्ता लगाइयो भने निको हुन्छ। तर नेपालको सन्दर्भमा हेर्ने हो भने थोरै मान्छे मात्रै सुरूको चरणमा अस्पताल पुग्छन्। नेपालमा क्यान्सर उपचारको अवस्था सकरात्मक ढंगले अघि बढेको छ। यसको धेरै उपचार नेपालमा सम्भव छ। नेपालमा केही क्यान्सरको मात्रै नेपालमा उपचार हुँदैन।

पहिलाको अवस्थामा हेर्ने हो भने क्यान्सरबारे सचेतना पनि बढेको छ तर यो एकदमै अपुग छ। धेरैलाई क्यान्सर के हो भन्ने नै थाहा छैन। क्यान्सर हुनेबित्तिकै मरिन्छ कि भन्ने भ्रम नेपालमा छ। जानकारीको हिसाबले हेर्ने हो भने धेरै काम गर्न बाँकी छ। यसको उपचार नेपालमा सम्भव छ, यसबाट बच्ने सम्भावना पनि धेरै छ भन्ने सन्देश प्रवाह गर्नु पर्दछ। 

प्रतिकृया दिनुहोस्

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य झगडाले लियो दुःखद मोड : पाटनमा छुरा प्रहारबाट दुई दाजुभाइको मृत्यु

ललितपुर, चैत २६ — पाटनको कृष्ण मन्दिर आसपास भएको छुरा प्रहारको घटनामा घाइते भएका दुई...

सम्पत्तिको विवादको शंका: पोखरामा एकल महिलामाथि घातक आक्रमण, अनुसन्धान तीव्र

पोखरा, चैत २६ — पोखराको सभागृह चोक क्षेत्रमा बुधबार साँझ एक महिलामाथि भएको घातक आक्रमणमा...