News Portal

बिबिएस तेश्रो बर्षको परीक्षामा सर्वाधिक अङ्क ल्याएर नेपाल टप प्रथम छात्रालाई सम्मान

हिमालीसंचार संवाददाता
२२७ पटक

विराटनगर रबिन्द्र बराल -विराटनगरस्थित मेरिल्याण्ड कलेजमा अध्यनरत रंगेली नगरपालिका ७ कि सिम्रन अग्रवालले त्रिभुवन विश्वविद्यालयको बिबिएस तेश्रो बर्षको परीक्षामा सर्वाधिक ८२.८ प्रतिशत अङ्क ल्याएर नेपाल प्रथम भएपछि उनलाई रंगेली नगरपालिकाले सम्मान गरेको छ। नगरपालिकाकाे सभाहलमा एक कार्यक्रमकाे आयोजना गर्दे पालिकाले सम्मान गरेको हाे। कार्यक्रममा नगर प्रमुख दिलिप बगडिया  उपमेयर केशव कुमारी खराल कार्यकारी अधिकृत नवराज कार्की  बडा अध्यक्ष लगायतकाे उपस्थितिले उनलाई पढाइलाई अति आवश्यक पर्ने एक थान ल्यापटप तथा सम्मान पत्र समेत दिएकाे थियोे।

सिम्रनलाई ३५ वौं गणगौर पूजा महोत्सव नेपाल मारवाडी गणगौर पूजा समितिले समेत सम्मानित गरेको छ। बुबा रमाकान्त अग्रवाल र आमा पुष्पा अग्रवालकाे काेखबाट २०५३ सालमा कान्छि छाेरीकाे रुपमा जन्म लिएकी सिम्रन अग्रवालले अहिले बिबिएस तेश्राे बर्षमा नेपाल टप भएपछि परिवारका सदस्यहरु समेत खुशी भएका छन। उनलेे रंगेली ७ मा रहेको मिनिल्यान्ड ईङलिस बाेडिङ स्कुलमा नर्सरी कक्षादेखि अध्यन सुरु गरेकाे बिधालयका प्रिन्सिपल बिकर्ण कार्कीले बताए।

उनलेे भने सिम्रनले सबै कक्षा प्रथम हुदै गएकाे र उनी कहिले पनि कक्षामा दाेस्राे नभएको पढाइमा जहिले पनि अत्यन्त मेहनती तथा सरल र शिष्ट व्यवहारको भएको विद्यार्थीहरु मध्ये एक रहेको उनले कार्कीले बताए। सिम्रनले मिनिल्यान्ड बाट SLC मा समेत उत्कृष्ट अंक ल्याएर बिधालयकाे समेत ईज्जत् राखेकाे कार्कीले बताए। सिम्रनले मेरिल्याण्ड कलेजमा समेत २०७५ सालमा पनि बिबिएस प्रथम बर्षको परीक्षामा प्रदेश प्रथम भएकी थिईन्।

प्रतिकृया दिनुहोस्

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ ।...

कुवेतमा राप्रपाको भातृ संगठन ‘पानस’को तदर्थ समिति गठन संयोजकमा राम न्यौपाने

कुवेत– राष्ट्रिय प्रजातन्त्र पार्टी (रा:प्र:पा:) को भातृ संगठन प्रवासी नेपाली एकता समाज (पानस) को तदर्थ...