News Portal

बिबिएस तेश्रो बर्षको परीक्षामा सर्वाधिक अङ्क ल्याएर नेपाल टप प्रथम छात्रालाई सम्मान

हिमालीसंचार संवाददाता
२६४ पटक

विराटनगर रबिन्द्र बराल -विराटनगरस्थित मेरिल्याण्ड कलेजमा अध्यनरत रंगेली नगरपालिका ७ कि सिम्रन अग्रवालले त्रिभुवन विश्वविद्यालयको बिबिएस तेश्रो बर्षको परीक्षामा सर्वाधिक ८२.८ प्रतिशत अङ्क ल्याएर नेपाल प्रथम भएपछि उनलाई रंगेली नगरपालिकाले सम्मान गरेको छ। नगरपालिकाकाे सभाहलमा एक कार्यक्रमकाे आयोजना गर्दे पालिकाले सम्मान गरेको हाे। कार्यक्रममा नगर प्रमुख दिलिप बगडिया  उपमेयर केशव कुमारी खराल कार्यकारी अधिकृत नवराज कार्की  बडा अध्यक्ष लगायतकाे उपस्थितिले उनलाई पढाइलाई अति आवश्यक पर्ने एक थान ल्यापटप तथा सम्मान पत्र समेत दिएकाे थियोे।

सिम्रनलाई ३५ वौं गणगौर पूजा महोत्सव नेपाल मारवाडी गणगौर पूजा समितिले समेत सम्मानित गरेको छ। बुबा रमाकान्त अग्रवाल र आमा पुष्पा अग्रवालकाे काेखबाट २०५३ सालमा कान्छि छाेरीकाे रुपमा जन्म लिएकी सिम्रन अग्रवालले अहिले बिबिएस तेश्राे बर्षमा नेपाल टप भएपछि परिवारका सदस्यहरु समेत खुशी भएका छन। उनलेे रंगेली ७ मा रहेको मिनिल्यान्ड ईङलिस बाेडिङ स्कुलमा नर्सरी कक्षादेखि अध्यन सुरु गरेकाे बिधालयका प्रिन्सिपल बिकर्ण कार्कीले बताए।

उनलेे भने सिम्रनले सबै कक्षा प्रथम हुदै गएकाे र उनी कहिले पनि कक्षामा दाेस्राे नभएको पढाइमा जहिले पनि अत्यन्त मेहनती तथा सरल र शिष्ट व्यवहारको भएको विद्यार्थीहरु मध्ये एक रहेको उनले कार्कीले बताए। सिम्रनले मिनिल्यान्ड बाट SLC मा समेत उत्कृष्ट अंक ल्याएर बिधालयकाे समेत ईज्जत् राखेकाे कार्कीले बताए। सिम्रनले मेरिल्याण्ड कलेजमा समेत २०७५ सालमा पनि बिबिएस प्रथम बर्षको परीक्षामा प्रदेश प्रथम भएकी थिईन्।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...