News Portal

धरानको खानेपानी आपूर्ति अब व्यवस्थित गर्न बजेट छुट्टिने

६ अर्बको एकीकृत खानेपानी, ढल निकास योजनाको अध्ययन हुने

हिमालीसंचार संवाददाता
१८० पटक

 

धरान – धरानबाट काठमाडौं गएको नेपाली काँग्रेसको प्रतिनिधि मण्डलसँग धरानको खानेपानी आपूर्ति समस्याका विषयमा छलफल गरेर तत्काल धरानका खाने पानी संस्थानको पुरानो संरचना बदल्न बजेट विनियोजन गर्ने अर्थमन्त्री जनार्दन शर्माले बचन दिएका छन् । 

धरान उपमहानगरपालिका धरानका मेयर तिलक राई सहितको प्रतिनिधि मण्डलले अर्थमन्त्री शर्मासँग धरानका खानेपानी आपूर्तिमा संस्थानका पुरानो संरचनाको जीर्ण अवस्थाका कारण समस्या उत्पन्न भएकाले बजेटमै रकम विनियोजन गर्न माग गरेका हुन् ।

धरान खानेपानी आयोजनाको नयाँ संरचना निर्माण भए पनि खानेपानी संस्थानको पुरानो संरचना जीर्ण भई काम नगरे पछि धरानमा खानेपानी आपूर्ति प्रणाली पूर्ण क्षमतामा चल्न नसक्दा धरानमा पानीको हाहाकार भएको हो । 

खाने पानी संस्थानको पम्पिङ पुराना उपकरण जीर्ण भई पानी उत्पादन गर्न नसक्ने अवस्थामा पुगेको कारण पुरानो वितरण प्रणालीका मूल पाइप, भल्भहरू काम नलाग्ने अवस्थामा रहेकाले ती सबै समानहरु परिबर्तन गर्नु पर्ने कुरा अर्थमन्त्री समक्ष राखिएको थियो । 

नगरका मेयर अध्यक्ष राईले योजनाले काम गर्दा संस्थानले पुरानो प्रणालीका कुनै पनि संरचनाको अवस्था स्थलगतरुपमा अध्ययन गर्न नदिएकोले बोर्डले जिम्मा लिएपछि पुरानो प्रणालीसँग इन्टरलिङक गर्दा धेरै प्राविधिक समस्या देखिएको तथ्य मन्त्री शर्मासँग राखेका थिए । 

आयोजनाको निर्माणकै क्रममा संस्थानले समन्वय गरिदिएको भए, पुरानो प्रणाली त्यसै बेला नयाँ प्रणाली सँग जोडिन्थ्यो ।’ प्राविधिक समस्याहरू त्यसै बेला समाधान गर्न सकिन्थ्यो र जीर्ण उपकरणहरू आयोजनाले बदल्न बाध्य हुन्थ्यो । अहिले संस्थानकै जीर्ण प्रणालीका समस्याहरू सुल्झाउन समय लाग्दा पानी आपूर्तिमा समस्या देखिने गरेको नगर प्रमुखले बताए। 

धरान खानेपानी आयोजना सम्पन्न भैसकेको हो होइन भनी उपमहानगरपालिकाद्वारा गठन गरिएको विज्ञ समूहको टोली दिएको प्रतिवेदनमा उल्लेख भएको पनि अध्यक्ष समेत रहेका मेयर राईले मन्त्री शर्मालाई विज्ञ समूहले गरेको अध्ययन प्रतिवेदन बुधवार प्रतिनिधि मण्डलका सदस्यहरू बिच मेयर राईलाई हस्तान्तरण गर्दै अवगत गराएका थिए। 

उक्त प्रतिवेदनमा आयोजना दशक अघि धरानको १९ वडालाई लक्षित गरी बढ्दो जनघनत्वलाई त्यसैले धान्न नसक्ने अवस्था आउने कुरा पनि उल्लेख छ । पछिल्लो समय पाँचकन्या र विष्णुपादुका गाविस गाभिएपछि धरानको खानेपानी योजनलाई नयाँ रूपमा एकीकृत खानेपानी तथा ढल निकासको योजनामा अघि बढाउन जरुरी भएको प्रतिवेदनमा उल्लेख छ । 

धरानको शहरी क्षेत्रहरूमा भएका पानीको श्रोत, जलाधारहरुलई एकीकृत रूपमा योजनाबद्ध खानेपानी आयोजना सञ्चालन गर्ने सरकारको नीति अनुसार धरानमा पनि त्यसलाई कार्यान्वयन गरिने मन्त्री शर्माले प्रतिनिधि मण्डललाई बताएका थिए । 

धरानको खानेपानीको मात्र नभई ढल निकासको योजना सँगै निर्माण गर्न धरानमा ६ अर्ब लाग्ने अनुमान गरिएको जानकारी मन्त्री शर्माले दिएको मेयर राईले बताएका छन् । उनका अनुसार बजेटमा धरानको खानेपानी सहितका योजनाको रकम समावेश गर्न फलोअप गरिरहन आग्रह गरेका छन् । 

मन्त्रालयमा बजेटका लागि गृहकार्य भइरहेकाले नियमित सम्पर्क तथा फलोअपका लागि प्रतिनिधि मण्डलमा काठमाण्डौबाट सहभागी काँग्रेस महासमिति सदस्य लक्ष्मी खतिवडा र तुलसी गौतमले जिम्मेवारी लिएका छन् । धरानबाट गएको प्रतिनिधि मण्डलमा काँग्रेस नगर सभापति श्याम पोखरेल, महासमिति सदस्य नगर प्रमुख तिलक राई, जिल्ला सचिव माधव घिसिङ, सुनसरी क्षेत्र ‘क’ र ‘ख’का क्षेत्रीय सभापतिदोय अनिल श्रेष्ठ र मुरारी भट्टराई छन् ।

प्रतिकृया दिनुहोस्

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...