News Portal

  • धरानमा हामी नेपालको आह्वानमा हरेक ४ बजेदेखि ‘धोपा बचाउ’ आन्दोलन शुरु

    धरानको घोपा बचाउ भन्दै फेरि उठ्यो वीपी सुधारको आन्दोलन!

    हिमालीसंचार संवाददाता
    १२६ पटक

    धरान – वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उग्र बेथिती र अनियमितता चिकित्सक, कर्मचारी, विद्यार्थीहरुले गत असारदेखि निरन्तर आन्दोलन गरिरहेका आन्दोलनमा स्थानीय धरानबासीहरुले पनि सपोप्ट गर्दै आएका छन्। राजधानीमा समेत नागरिक अगुवाहरुले प्रतिष्ठान जोगाउन भन्दै आन्दोलन गरेका थिए ।

    आन्दोलनको बलमा सरकारको ध्यानाकर्षण उच्चस्तरीय छानबिन समिति गठन भयो । गठीत समितिले पदाधिकारीहरुलाई कारबाहीको सिफारिश पनि गर्यो । तर, सरकारले विवादित पदाधिकारीहरुलाई हटाउन सकेको छैन । प्रतिष्ठान बचाउनका लागि भएको लामो आन्दोलन पनि शिथिल भइसकेको छ । सरकारले सिनेट बैठक बोलाएर पदाधिकारीहरुलाई हटाउन खोजे पनि सर्वोच्च अदालतबाट अल्पकालिन अन्तरिम आदेश जारी समेत भएको छ ।

    आन्दोलन, सरकार, पदाधिकारी र सर्वोच्च अदालतको यो घनचक्करमा फसेको प्रतिष्ठान यतिबेला आर्थिकरुपमा धरासायी मात्र भएको छैन, उपचार सेवा खस्कदै गएको छ । पछिल्लो समय छिटोछरितो र गुणस्तरीय उपचार सेवा पाउने आशामा पुगेका विरामीहरु अस्पतालको सेवाले निराश हुन्छन्।

    वीपी प्रतिष्ठान र धरानमा पुनः घोपा बचाउ अभियानको नाममा आन्दोलन शुरु भएको छ । हामी नेपालको आह्वानमा स्वतःस्फर्तरुपमा शनिबारदेखि घोपा बचाउ आन्दोलन शुरु भएको हो । शनिबार पहिलो दिन भानुचोकमा भेला भएका धरानबासीहरुले ब्यानर, प्ले कार्डसहित र्याली निकालेका थिए । उनीहरु वीपी प्रतिष्ठानको डेन्टल कलेजको मेनगेट बाहिर पुगेर धर्नामा बसेका थिए । 

    प्रशासनको कमजोरी, उपकरणको अभाव, बेड र औषधी, अत्यावश्यक स्वास्थ्य सामग्रीको अभावले विरामी र अस्पतालको दुर्दशा चरम उत्कर्षमा पुगेको भन्दै ‘हामी नेपाल’को आह्वानमा घोपा क्याम्प बचाउ अभियान शुरु भएको हो । यो अभियानमा अधिकांश युवाहरु जोडिएका छन् । प्रतिष्ठानको बेथिती अन्त्य नभएसम्म अबदेखि हरेक दिन दिउँसो ४ बजे डेन्टल कलेज गेट अघि प्रर्दशन गरिने हामी नेपालले जनाएको छ ।

    आन्दोलनको मागः धरानका स्थानीयहरुले वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई “घोपा क्याम्प” भन्ने प्रचलन रहेको छ। घोपा क्याम्प बचाउ अभियानले विभिन्न ७ बुँदे माग अघि सारेको छ । प्रतिष्ठानको पदाधिकारीहरु नियुक्तको लागि मापदण्ड तोकेर सोही अनुसार सक्षम, प्रतिस्पर्धामा अब्बल व्यक्तिलाई नियुक्त गर्न अभियान तथा आन्दोलनको माग छ । 

    त्यस्तै, पदीय जिम्मेवारी पुरा नगर्ने पदाधिकारी वा जिम्मेवार पदमा बसेकाहरुले राजिनामा गर्न वा पदीय जिम्मेवारी अनुसार काम गर्न पनि आन्दोलनको माग एवम् भ्रष्टहरुलाई कानून अनुसार कडा कारबाही गर्न पनि माग गरिएको छ । 

    उपचार सेवामा अत्यावश्यक पर्ने एमआरआई जस्ता उपकरणहरुको टेण्डर गरेर चाडो खरिद गरेर अस्पतालमा सेवा प्रभावकारी बनाउन माग गरेका छन् । हरेक तहमा अनुगमन गरेर भ्रष्टचार अन्त्य गर्न र पारदर्शिता, हरेक विभाग व्यवस्थितरुपमा सञ्चालन, फार्मेमी पुर्णरुपमा सञ्चालन गरेर आवश्यक पर्ने औषधीहरु सहजरुपमा उपलब्ध हुने वातावरण तयार गर्नुपर्ने माग गरिएको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज २२ गतेको राशिफल

    आज असोज २२, २०८२ (अक्टोबर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रहरीले २४ घण्टाभित्र बालेन–सुदनविरुद्धको जाहेरीमा जवाफ दिने

    काठमाडौं, असोज २१ — काठमाडौं महानगरपालिका प्रमुख बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्धको...

    घरै बसेर सजिलै कमाउने प्रलोभनमा नपर्न साइबर प्रहरीले चेतावनी

    काठमाडौं, असोज २१ — सामाजिक सञ्जाल फेसबुकमार्फत ठगी बढ्दै गएको छ। नेपाल प्रहरीले विभिन्न लोकप्रिय...

    विश्वप्रकाश शर्माद्वारा विशेष महाधिवेशनका लागि हस्ताक्षर अपिल

    काठमाडौं, असोज २१ — नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशनका लागि प्रतिनिधिहरूलाई असोज...

    सिंहदरबारमा राष्ट्रिय विपद् व्यवस्थापन परिषद्को बैठक, राहत प्याकेजमा छलफल

    काठमाडौं, असोज २१ — प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा सिंहदरबारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...