News Portal

लेटाङ नगरपालिका फाइनलमा प्रवेश

हिमालीसंचार संवाददाता
३४२ पटक

लेटाङ – इटहरी उपमहानगरपालिकालाई ४-२ ले हराउँदै लेटाङ नगरपालिका कानेपोखरीमा जारी अन्तरपालिका स्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आइतबार हुने फाइनल खेलका लागि लेटाङले उपाधिका लागि बेलबारीसँग प्रतिस्पर्धा गर्ने छ ।

कानेपोखरी-५, स्थित जदाहा रंगशालामा शुक्रबारको दोस्रो सेमिफाइनलमा लेटाङले पहिलो हाफमा २-० को अग्रता लिएको थियो । खेलको २० औं मिनेटमा लेटाङका आयुस लिम्बूले गोलको खाता खोलेका थिए । खेलको ३३ औं मिनेटमा ध्रुव विकले गोल गर्दै लेटाङको अग्रता दोब्बर बनाएका थिए । 

दोस्रो हाफको ७ औं मिनेटमा लेटाङका आयुसले व्यक्तिगत दोस्रो गोल गरेपछि लेटाङ ३-० ले अघि बढेको थियो । लगत्तै ९ औं मिनेटमा इटहरीका सुसन तामाङले गोल गर्दै खेल ३-१ को स्थितिमा पुगेको थियो । तर लेटाङका अनुप मगरले २५ औं मिनेटमा गोल गर्दै खेललाई ४-१ को स्थितिमा पुर्‍याएका थिए । दोस्रो हाफको इन्जुरी समयमा इटहरीका सुसनले व्यक्तिगत दोस्रो गोल गरेपछि खेल ४-२ मा सम्पन्न भएको हो । 

आज भएको खेलमा दुई गोल गरि लेटाङलाई फाइनलमा पुर्‍याउने आयुस लिम्बू म्यान अफ द म्याच घोषित भए ।आइतबार हुने फाइनल विजेताले रु १ लाख र उपविजेताले रु ६० हजार प्राप्त गर्नेछ ।

त्यस्तै, विधागत उत्कृष्टले समेत अवार्ड प्राप्त गर्नेछन् । प्रतियोगिता कानेपोखरी खेलकुद परिषदको आयोजना, कानेपोखरी गाउँपालिककाको सहयोग तथा नवप्रगतिशील समाजसेवा क्लब र जहदा भेट्रान्सको व्यवस्थापनमा भइरहेको छ। 

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...