News Portal

लेटाङ नगरपालिका फाइनलमा प्रवेश

हिमालीसंचार संवाददाता
२९६ पटक

लेटाङ – इटहरी उपमहानगरपालिकालाई ४-२ ले हराउँदै लेटाङ नगरपालिका कानेपोखरीमा जारी अन्तरपालिका स्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आइतबार हुने फाइनल खेलका लागि लेटाङले उपाधिका लागि बेलबारीसँग प्रतिस्पर्धा गर्ने छ ।

कानेपोखरी-५, स्थित जदाहा रंगशालामा शुक्रबारको दोस्रो सेमिफाइनलमा लेटाङले पहिलो हाफमा २-० को अग्रता लिएको थियो । खेलको २० औं मिनेटमा लेटाङका आयुस लिम्बूले गोलको खाता खोलेका थिए । खेलको ३३ औं मिनेटमा ध्रुव विकले गोल गर्दै लेटाङको अग्रता दोब्बर बनाएका थिए । 

दोस्रो हाफको ७ औं मिनेटमा लेटाङका आयुसले व्यक्तिगत दोस्रो गोल गरेपछि लेटाङ ३-० ले अघि बढेको थियो । लगत्तै ९ औं मिनेटमा इटहरीका सुसन तामाङले गोल गर्दै खेल ३-१ को स्थितिमा पुगेको थियो । तर लेटाङका अनुप मगरले २५ औं मिनेटमा गोल गर्दै खेललाई ४-१ को स्थितिमा पुर्‍याएका थिए । दोस्रो हाफको इन्जुरी समयमा इटहरीका सुसनले व्यक्तिगत दोस्रो गोल गरेपछि खेल ४-२ मा सम्पन्न भएको हो । 

आज भएको खेलमा दुई गोल गरि लेटाङलाई फाइनलमा पुर्‍याउने आयुस लिम्बू म्यान अफ द म्याच घोषित भए ।आइतबार हुने फाइनल विजेताले रु १ लाख र उपविजेताले रु ६० हजार प्राप्त गर्नेछ ।

त्यस्तै, विधागत उत्कृष्टले समेत अवार्ड प्राप्त गर्नेछन् । प्रतियोगिता कानेपोखरी खेलकुद परिषदको आयोजना, कानेपोखरी गाउँपालिककाको सहयोग तथा नवप्रगतिशील समाजसेवा क्लब र जहदा भेट्रान्सको व्यवस्थापनमा भइरहेको छ। 

प्रतिकृया दिनुहोस्

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...