News Portal

  • इटहरीमा आधुनिक फोहोर प्रशोधन केन्द्रको उद्घाटन

    फोहोर प्रशोधन केन्द्रबाट ग्याँस उत्पादन सुरु

    हिमालीसंचार संवाददाता
    १७८ पटक

    इटहरी – इटहरी उपमहानगरपालिका इटहरीमा फोहोरबाट ग्याँस उत्पादन थालिएको छ । इटहरी वडा नम्बर १० मा आधुनिक फोहोर प्रशोधन केन्द्र सञ्चालनमा ल्याएर फोहोरबाट मोहोर बनाउन थालिएको हो। फोहोर प्रशोधन केन्द्रबाट ग्याँस उत्पादन थालिएको छ । प्रशोधन केन्द्रको प्रदेश नम्बर १ का पूर्वमुख्यमन्त्री भीम आर्चायले एक कार्यक्रमको बिच उद्घाटन गरे । 

    इटहरी उपमहानगरपालिका इटहरीमा वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र र वेस्ट एन्ड इन्भाइरो म्यानेजमेन्टको त्रिपक्षीय साझेदारीमा फोहोर प्रशोधन केन्द्र सञ्चालनमा ल्याइएको हो । केन्द्र सञ्चालनका लागि वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र मार्फत विश्व बैंकको ६० प्रतिशत अनुदान र वेन्ट एन्ड इन्भाइरो म्यानेजमेन्टको ४० प्रतिशत लगानी रहेको छ । 

    इटहरी उपमहानगरपालिका इटहरीले जग्गा, त्यहाँसम्म पुग्ने कालोपत्रे सडक र पर्खाल लगाउने कार्य गरेको छ । उपमहानगरका वातावरण शाखा प्रमुख पुष्पनारायण चौधरीका अनुसार इटहरीमा प्रत्येक दिन ५५ टन फोहोर जम्मा हुन्छ। केन्द्रको प्रत्येक दिन आठ सय केजीसम्म ग्याँस उत्पादन गर्ने क्षमता छ । 

    उत्पादित सडने पोहोरबाट मात्र ग्याँस उत्पादन हुन्छ । नसड्ने फोहोरलाई रिसाइक्लिङ्ग गरेर बिक्री गरिन्छ । प्रशोधन केन्द्रको उद्घाटन गर्दै पूर्व मुख्यमन्त्री भीम आर्चायले नगरका लागि अत्यन्तै आवश्यकीय फोहोर प्रशोधन केन्द्र निर्माण भएर सञ्चालनमा आएकोमा खुसी व्यक्त गरे । 

    संवृद्धिका लागि वातावरणीय स्वच्छता अनिवार्य रहेको जनाउँदै इटहरीको फोहोर मैलाको उचित व्यवस्थापन हुन थालेको भन्दै प्रशंसा गरे । प्रदेश सांसद लिलम बस्नेतले इटहरीमा चुनौतीको रूपमा रहेको फोहोर मैला व्यवस्थापनको कार्य व्यवस्थित हुनु नगरवासीका लागि खुसीको कुरा भएको बताए ।

    नगरप्रमुख द्वारिकलाल चौधरीले प्रशोधन केन्द्रका कारण वडा नम्बर १० को विकासमा टेवा पुगेको बताए । गुणस्तरीय कालोपत्रे सडक लगायत सम्झौता बमोजिमका अन्य कार्य गरिएको बताए । उपप्रमुख लक्ष्मी गौतमले पाँच वर्षे कार्यकालकै एक गौरव गर्न लायक कार्य सम्पन्न भएको बताइन् । कार्यक्रममा वडाध्यक्ष प्रकाश चौधरी, वडा सदस्य राम नारायण चौधरी, वेन्ट इन्भाइरो एन्ड म्यानेजमेन्टका प्रबन्ध निर्देशक मोहन भण्डारी, मानध्वज मोक्तान लगायतले आफ्नो धारणा राखेका थिए । केन्द्र सञ्चालनमा नेपाल बङ्गलादेश बैकले वित्तीय सहयोग रहेको जनाइएको छ । 

    त्यस्तै, हिजो नै इटहरी उपमहानगर वडा नम्बर ७ स्थित वहुवर्षे सडकको उद्घाटन समेत गरिएको छ । विभिन्न खण्डगरि करिब तीन किलोमिटर कालोपत्रे सडकको पूर्व मुख्यमन्त्री भीम आर्चायले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै उहाँले इटहरी उपमहानगरका प्रमुख चौधरीको नेतृत्वमा भएको विकास निर्माण कार्यको प्रशंसा गरे । 

    प्रदेश सांसद लिलम बस्नेतले वडा नम्बर ७ लाई पनि जोड्ने गरी प्रदेश सरकारद्वारा प्रदेश गौरवको सडक योजना सञ्चालन भएको स्मरण गराए । नगरप्रमुख द्वारिकलाल चौधरीले टुक्रे योजनाबाट द्रुत विकास नहुने देखेर तीन वर्षको बजेट जोहो गरी बहुबर्षे सडक निर्माण गरिएको बताए । उद्घाटन कार्यक्रममा वडा नम्बर ७ का वडाध्यक्ष नर बहादुर राई र वडासदस्य देव नारायण चौधरी लगायत बोलेका थिए । 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज २२ गतेको राशिफल

    आज असोज २२, २०८२ (अक्टोबर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रहरीले २४ घण्टाभित्र बालेन–सुदनविरुद्धको जाहेरीमा जवाफ दिने

    काठमाडौं, असोज २१ — काठमाडौं महानगरपालिका प्रमुख बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्धको...

    घरै बसेर सजिलै कमाउने प्रलोभनमा नपर्न साइबर प्रहरीले चेतावनी

    काठमाडौं, असोज २१ — सामाजिक सञ्जाल फेसबुकमार्फत ठगी बढ्दै गएको छ। नेपाल प्रहरीले विभिन्न लोकप्रिय...

    विश्वप्रकाश शर्माद्वारा विशेष महाधिवेशनका लागि हस्ताक्षर अपिल

    काठमाडौं, असोज २१ — नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशनका लागि प्रतिनिधिहरूलाई असोज...

    सिंहदरबारमा राष्ट्रिय विपद् व्यवस्थापन परिषद्को बैठक, राहत प्याकेजमा छलफल

    काठमाडौं, असोज २१ — प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा सिंहदरबारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...