News Portal

इटहरीमा आधुनिक फोहोर प्रशोधन केन्द्रको उद्घाटन

फोहोर प्रशोधन केन्द्रबाट ग्याँस उत्पादन सुरु

हिमालीसंचार संवाददाता
२२६ पटक

इटहरी – इटहरी उपमहानगरपालिका इटहरीमा फोहोरबाट ग्याँस उत्पादन थालिएको छ । इटहरी वडा नम्बर १० मा आधुनिक फोहोर प्रशोधन केन्द्र सञ्चालनमा ल्याएर फोहोरबाट मोहोर बनाउन थालिएको हो। फोहोर प्रशोधन केन्द्रबाट ग्याँस उत्पादन थालिएको छ । प्रशोधन केन्द्रको प्रदेश नम्बर १ का पूर्वमुख्यमन्त्री भीम आर्चायले एक कार्यक्रमको बिच उद्घाटन गरे । 

इटहरी उपमहानगरपालिका इटहरीमा वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र र वेस्ट एन्ड इन्भाइरो म्यानेजमेन्टको त्रिपक्षीय साझेदारीमा फोहोर प्रशोधन केन्द्र सञ्चालनमा ल्याइएको हो । केन्द्र सञ्चालनका लागि वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र मार्फत विश्व बैंकको ६० प्रतिशत अनुदान र वेन्ट एन्ड इन्भाइरो म्यानेजमेन्टको ४० प्रतिशत लगानी रहेको छ । 

इटहरी उपमहानगरपालिका इटहरीले जग्गा, त्यहाँसम्म पुग्ने कालोपत्रे सडक र पर्खाल लगाउने कार्य गरेको छ । उपमहानगरका वातावरण शाखा प्रमुख पुष्पनारायण चौधरीका अनुसार इटहरीमा प्रत्येक दिन ५५ टन फोहोर जम्मा हुन्छ। केन्द्रको प्रत्येक दिन आठ सय केजीसम्म ग्याँस उत्पादन गर्ने क्षमता छ । 

उत्पादित सडने पोहोरबाट मात्र ग्याँस उत्पादन हुन्छ । नसड्ने फोहोरलाई रिसाइक्लिङ्ग गरेर बिक्री गरिन्छ । प्रशोधन केन्द्रको उद्घाटन गर्दै पूर्व मुख्यमन्त्री भीम आर्चायले नगरका लागि अत्यन्तै आवश्यकीय फोहोर प्रशोधन केन्द्र निर्माण भएर सञ्चालनमा आएकोमा खुसी व्यक्त गरे । 

संवृद्धिका लागि वातावरणीय स्वच्छता अनिवार्य रहेको जनाउँदै इटहरीको फोहोर मैलाको उचित व्यवस्थापन हुन थालेको भन्दै प्रशंसा गरे । प्रदेश सांसद लिलम बस्नेतले इटहरीमा चुनौतीको रूपमा रहेको फोहोर मैला व्यवस्थापनको कार्य व्यवस्थित हुनु नगरवासीका लागि खुसीको कुरा भएको बताए ।

नगरप्रमुख द्वारिकलाल चौधरीले प्रशोधन केन्द्रका कारण वडा नम्बर १० को विकासमा टेवा पुगेको बताए । गुणस्तरीय कालोपत्रे सडक लगायत सम्झौता बमोजिमका अन्य कार्य गरिएको बताए । उपप्रमुख लक्ष्मी गौतमले पाँच वर्षे कार्यकालकै एक गौरव गर्न लायक कार्य सम्पन्न भएको बताइन् । कार्यक्रममा वडाध्यक्ष प्रकाश चौधरी, वडा सदस्य राम नारायण चौधरी, वेन्ट इन्भाइरो एन्ड म्यानेजमेन्टका प्रबन्ध निर्देशक मोहन भण्डारी, मानध्वज मोक्तान लगायतले आफ्नो धारणा राखेका थिए । केन्द्र सञ्चालनमा नेपाल बङ्गलादेश बैकले वित्तीय सहयोग रहेको जनाइएको छ । 

त्यस्तै, हिजो नै इटहरी उपमहानगर वडा नम्बर ७ स्थित वहुवर्षे सडकको उद्घाटन समेत गरिएको छ । विभिन्न खण्डगरि करिब तीन किलोमिटर कालोपत्रे सडकको पूर्व मुख्यमन्त्री भीम आर्चायले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै उहाँले इटहरी उपमहानगरका प्रमुख चौधरीको नेतृत्वमा भएको विकास निर्माण कार्यको प्रशंसा गरे । 

प्रदेश सांसद लिलम बस्नेतले वडा नम्बर ७ लाई पनि जोड्ने गरी प्रदेश सरकारद्वारा प्रदेश गौरवको सडक योजना सञ्चालन भएको स्मरण गराए । नगरप्रमुख द्वारिकलाल चौधरीले टुक्रे योजनाबाट द्रुत विकास नहुने देखेर तीन वर्षको बजेट जोहो गरी बहुबर्षे सडक निर्माण गरिएको बताए । उद्घाटन कार्यक्रममा वडा नम्बर ७ का वडाध्यक्ष नर बहादुर राई र वडासदस्य देव नारायण चौधरी लगायत बोलेका थिए । 

प्रतिकृया दिनुहोस्

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...