News Portal

  • मोरङ जिल्लाको लेटाङ नगरपालिकाले योजना सम्बन्धी तालिम

    हिमालीसंचार संवाददाता
    १२९ पटक

    लेटाङ – मोरङ जिल्लाको लेटाङ नगरपालिकाले बैठक ब्यवस्थापन, माईन्युट लेखन, पालना गर्नुपर्ने आवश्यक कानूनी प्रक्रिया तथा संलग्न गर्नुपर्ने कागजात तथा विल भरपाई सम्बन्धी लेटाङ नगरपालिकाको वडा नं. ४, ५ र ६ का उपभोक्ता समितिका पदाधिकारीलाई तालिम दिएको छ ।

    नगरका उपभोक्ताहरुले योजना सम्बन्धी पुर्ण जानकारी लिएपछि काम गर्न सहज बनाउने उदेश्यले तालिम दिएको प्रमुख प्रसासकीय अधिकृत अच्युतप्रसाद दाहालले हिमालीसंचारडकमलाई जानकारी दिए । 

    लेटाङ नगरपालिकाको सभाहलमा लेटाङ नगरपालिका वडा नं. ३, ४ र ५  वडाका उपभोक्ताहरुलाई तालिम दिईएको हो । नगरप्रमुख शंकर राईले उद्घाटन गरेका तालिममा ७० जना उपभोक्ताहरुको सहभागिता रहेको थियो । 

    लेटाङ नगरपालिकाका उपप्रमुख कृष्ण कुमारी निरौला, प्रमुख प्रसासकीय अधिकृत अच्युतप्रसाद दाहाल, लेखा अधिकृत शुशिल बास्तोला, योजना शाखा प्रमुम भुपेन्द्र दाहालले तालिम दिएका थिए। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    २० वर्षको कोमापछि साउदीका ‘स्लिपिङ प्रिन्स’ अल वालिदको निधन

    जेद्दाह, साउन ४ – साउदी शाही परिवारका एक प्रभावशाली सदस्य, राजकुमार अल वालिद बिन खालिद...

    मुग्लिन सडकमा पहिरोको चपेटामा भारतीय सवारी : तीन जना यात्रु घाइते

    चितवन, साउन ४ – नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा आइतबार दिउँसो माथिबाट खसेको ढुंगा एक चलिरहेको...

    अविरल वर्षाले देशभर बाढी र पहिरो, ११ मुख्य राजमार्ग प्रभावित

    देशभर लगातार भइरहेको अविरल वर्षाका कारण विभिन्न स्थानमा बाढी र पहिरोले ठूला क्षति पुर्‍याउँदै गएका...

    १५ वर्षीय बालकको पेटबाट सफल शल्यक्रियामार्फत कैंची निकालियो

    विराटनगर, साउन ४ – उदयपुरका एक १५ वर्षीय बालकको पेटभित्र अड्किएको कैंची नोबेल मेडिकल कलेज...

    सिद्धान्त हराएको राजनिति – कमला थापा

    २०८२ साउन ४ गते। पूर्वराष्ट्रपति बिद्यादेवी भण्डारी सक्रिय राजनितिमा फर्किने र एमालेको पार्टि अध्यक्ष हुने...