News Portal

लगानीको लागि सहज वातावरण बनाउन अर्थमन्त्रीलाई एनआरएनएको आग्रह

हिमालीसंचार संवाददाता
१९९ पटक

काठमाडौ – गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपालमा लगानीका लागि कतिपय जटिलताहरू कायमै रहेको भन्दै सहजीकरण गरिदिन आग्रह गरेको छ। एनआरएनएका अध्यक्ष विनोद कुँवर नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्री जनार्दन शर्मालाई भेट गरेर नेपालमा लगानीका लागि सहजीकरण गरिदिन आग्रह गरेको हो।

भेटका क्रममा अध्यक्ष कुँवरले विदेशी लगानीका लागि अझैपनि कतिपय प्रावधान झन्झटिलो रहेकाले त्यसका लागि सहजीकरण गरिदिन आग्रह गरे। उनले कम्पनी दर्तामै अनेक झन्झटहरू रहेकाले त्यसमा सुधारको जरुरी रहेको बताए।

यस्तै विदेशीले ५ करोड भन्दा कम लगानी गर्न नपाउने व्यवस्था रहेकाले गैरआवासीय नेपालीहरुले साना लगानी गर्न चाहेकोले साना लगानीलाई पनि प्रमोट गरिनुपर्नेमा जोड दिए। सो क्रममा अर्थमन्त्री शर्माले एफडीआई सहजताका लागि आफू लागिपरेको बताए।

उनले विदेशमा सिकेको ज्ञान, सिप र पुँजीलाई भित्र्याउन पनि एनआरएनएलाई आग्रह गरे। भेटका क्रममा अध्यक्ष कुँवरसहित जानकी गुरुङ भुमा लिम्बु, जुनु गुरुङ, उमेश कुमार पुडासैनी थर्क सेन लगायतको सहभागिता रहेको थियो।

प्रतिकृया दिनुहोस्

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ ।...

कुवेतमा राप्रपाको भातृ संगठन ‘पानस’को तदर्थ समिति गठन संयोजकमा राम न्यौपाने

कुवेत– राष्ट्रिय प्रजातन्त्र पार्टी (रा:प्र:पा:) को भातृ संगठन प्रवासी नेपाली एकता समाज (पानस) को तदर्थ...