News Portal

लगानीको लागि सहज वातावरण बनाउन अर्थमन्त्रीलाई एनआरएनएको आग्रह

हिमालीसंचार संवाददाता
२३४ पटक

काठमाडौ – गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपालमा लगानीका लागि कतिपय जटिलताहरू कायमै रहेको भन्दै सहजीकरण गरिदिन आग्रह गरेको छ। एनआरएनएका अध्यक्ष विनोद कुँवर नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्री जनार्दन शर्मालाई भेट गरेर नेपालमा लगानीका लागि सहजीकरण गरिदिन आग्रह गरेको हो।

भेटका क्रममा अध्यक्ष कुँवरले विदेशी लगानीका लागि अझैपनि कतिपय प्रावधान झन्झटिलो रहेकाले त्यसका लागि सहजीकरण गरिदिन आग्रह गरे। उनले कम्पनी दर्तामै अनेक झन्झटहरू रहेकाले त्यसमा सुधारको जरुरी रहेको बताए।

यस्तै विदेशीले ५ करोड भन्दा कम लगानी गर्न नपाउने व्यवस्था रहेकाले गैरआवासीय नेपालीहरुले साना लगानी गर्न चाहेकोले साना लगानीलाई पनि प्रमोट गरिनुपर्नेमा जोड दिए। सो क्रममा अर्थमन्त्री शर्माले एफडीआई सहजताका लागि आफू लागिपरेको बताए।

उनले विदेशमा सिकेको ज्ञान, सिप र पुँजीलाई भित्र्याउन पनि एनआरएनएलाई आग्रह गरे। भेटका क्रममा अध्यक्ष कुँवरसहित जानकी गुरुङ भुमा लिम्बु, जुनु गुरुङ, उमेश कुमार पुडासैनी थर्क सेन लगायतको सहभागिता रहेको थियो।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...