News Portal

गैर आवाशीय नेपाली संघमा बिबादै बिबाद पद अस्विकार गर्दै मनोनयन दस्तुर फिर्ता माग

हिमालीसंचार संवाददाता
२२० पटक

काठमाडौं – गैर आवाशीय नेपाली संघ हालै सहकोषाध्यक्ष पदमा मनोनित दिपक शर्माले उक्त पद अरु कसैलाइ दिन र आफ्नो मनोनयन दस्तुर फिर्ता गर्न माग गरेका छन्।शर्माले गैरआवासीय नेपाली संघको १० औँ महाधिवेशन तथा विश्व सम्मेलनमा ओसेनिया क्षेत्रीय संयोजक पदमा उम्मेदवारी दिएका थिए।

आफूसँग कुनै सर सल्लाह नगरि सहमति बिना गैरआवासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय परिषदको सह कोषाध्यक्ष पदमा नियुक्त गरेको जानकारी गराएकाले त्यसमा असहमति जनाएको उल्लेख गरेका छन्।

उनले पूर्व अध्यक्षहरु, नवनियुक्त अध्यक्षहरु एवं सम्पूर्ण नवनियुक्त पदाधिकारीहरुका नाममा खुला पत्र सार्वजनिक गर्दै भनेका छन् “पदिय हिसाबले क्षेत्रीय संयोजक भन्दा ठूलो भएता पनि यो त कस्तो भयो भने एउटा इन्जिनियरले इन्जिनियरको लागी आवेदन दिएको र उसलाइ लेखापालमा नियुक्ति गरे जस्तो भयो।

उनले आफू कुनै पनि पद पाउँला भनेर बार्गेनिङको लागी चुनाव नलडेको, पदलुप्त पनि नभएको, आफ्नो मर्यादा र नैतिकता (डिग्निटी) समेत अहिलेसम्म नबेचेको र बिगत १४ वर्ष देखि एनआरएनमा निरन्तर निस्वार्थ काम गर्दै आइरहेको स्मरणसमेत गराएका छन्।

खुला पत्रमा उनले भनेका छन।हो मलाई खुरापाती गर्न आउँदैन। तर गलत कुराको खुलेर बिरोध गर्न कसैले रोक्न पनि सक्दैन। संस्था फुट्नु हुन्न भनेर म पनि भरमग्दुर लागी रहें। तर पदका लागी कहिले यता त कहिले उता दगुरी हाल्ने अनि पदको लागि जुन हदसम्म पनि गिर्न पछि नपर्ने इमान नभएका केही जत्थाको कारण नै एनआरएनमा आजको यो अवस्था आएको हो।

सस्था फुट्नु नहुने तर सहमतिको नाममा गैरआवासीय नेपाली संघको १० औँ महाधिवेशन तथा विश्व सम्मेलनमा बिधानको जुन धज्जी उडाइएको छ त्यो इतिहासले कहिलै पनि बिर्सिने नसक्ने भनाईपनि उनले राखेका छन्। विधान संशोधन गर्नुपर्ने तर प्रक्रिया पुर्याएर गर्नुपर्ने तर्क उनको छ।

‘विधानको बारेमा महाधिवेशनमा छलफल नै नगरिकन विधानको ड्राफ्ट सद्स्यहरुलाई उपलब्ध समेत नगराइकन कुनै कोठामा बसेर विधान संशोधन गर्न विधानको कुन धाराले दिन्छ ? उनले जानकारी समेत माग्दै भनेका छन्। खुलेर भन्नुपर्दा यो निर्वाचन नभैकन नियुक्ति हो।

आफूलाई अड्डा अदालत जाने समय नभएको उल्लेख गर्दै उनले आफूले उम्मेदवारीस्वरुप बुझाएको साँढे तीन लाख रुपियाँ दस्तुर फिर्ता गर्नुपर्ने माग गरेका छन्।

ओसेनिया क्षेत्रीय संयोजक पदका लागि प्रक्रिया पुर्याएर उम्मेदवारी फारम सहित दस्तुर स्वरुप बुझाएको मेरो आफ्नो मेहनतको कमाइ रु.३,५०,०००( तीन लाख पचास हजार) फिर्ता पाउँ भनी अनुरोध समेत गर्द्छु। र यो मलाई सुम्पिएको सह कोषाध्यक्षको पद अरु कसैलाई दिन विनम्र अनुरोध समेत गरे।

प्रतिकृया दिनुहोस्

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ ।...

कुवेतमा राप्रपाको भातृ संगठन ‘पानस’को तदर्थ समिति गठन संयोजकमा राम न्यौपाने

कुवेत– राष्ट्रिय प्रजातन्त्र पार्टी (रा:प्र:पा:) को भातृ संगठन प्रवासी नेपाली एकता समाज (पानस) को तदर्थ...