News Portal

गैर आवासीय नेपाली संघको लोगो बिबादमा

हिमालीसंचार संवाददाता
२६० पटक

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए)को पटक–पटक सरेको निर्वाचनकाबीच भईरहेको विवाद त छँदै आधिकारिक नभएको खुलासा, लोगो दाबीयो। उक्त विवाद कायम रहेकैबेला एनआरएनएको आधिकारिकतामा समेत गम्भीर प्रश्न उठेको छ।

हाल कुमार पन्तको नेतृत्वमा रहेको एनआरएनएले एउटा मिति र संरक्षक शेष घलेले घोषणा गरेको अर्को समितिले अर्को निर्वाचन मिति पक्का गरेकाबेला उक्त संस्थाले प्रयोग गरिरहेको लोगो समेत आधिकारिक नभएको भन्दै एक विज्ञप्ति सार्वजनिक भएको छ। उक्त विज्ञप्ति सार्वजनिक भएसँगै एनआरएनएको आधिकारिकतामा प्रश्न उठेको छ।

दुई पक्षीय विवादको कारण फुटको डिलमा पुगेको यो संस्थाको लोगो आधिकारिक नभएमा खारेजीको अवस्थामा पुग्नेसम्मको चर्चा यतिबेला सुनिन थालेको छ। विश्वका विभिन्न देशमा पेशा तथा व्यवसायमा संलग्न नेपालीहरुको साझा संस्थाको रुपमा स्थापना भएको भनिएको गैरआवासीय नेपाली संघ दुइ पक्षबीचको टकरावकै कारण फुटको संघारमा रहेका बेला आएको लोगो विवादले नयाँ तरंग पैदा गरेको छ।

एनआएनए नन रेसिडेन्ट नेपाली एसोसएिसनका संयोजक माधब मरासिनीका नामबाट बिहीबार सार्वजनिक भएको विज्ञप्तिले एनआरएनएलाई तरंगित बनाएको हो।

एनआरएनएका वर्तमान अध्यक्ष कुमार पन्तलाई सम्बोधन गरेर लेखिएको पत्रमा हाल उक्त संस्थाले प्रयोग गरिरहेको लोगो प्रयोग नगर्न ध्यानाकर्षण गराइएको छ।उक्त लोगोको ट्रेडमार्क समेत सम्बन्धित निकायमा दर्ता गराई सकिएको मरासिनीले लेखेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ।

एनआरएनएको निर्वाचन नजिकिएको बेला ध्यानाकर्षण पत्र सार्वजनिक भएसँगै यस संस्थाको नेतृत्वकर्तामाथि नैतिक दबाब बढेको छ। संस्थाले कि त लोगोको दाबी गर्ने संस्थामाथि कारवाही गरेर आफ्नो आधिकारिकता पुष्टि गर्नुपर्ने या त संस्थाको खारेजीलाई स्वीकार गर्नु पर्ने भन्दै टिप्पणी हुन थालेको छ।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...