News Portal

अविष्कार केन्द्रलाई एक करोडको पुरस्कार दिने एनआरएनए पूर्वअध्यक्ष भवन भट्टको धोषणा

हिमालीसंचार संवाददाता
१८३ पटक

काठमाडौं – गैरआवासीय नेपाली संघ ‘एनआरएनए’ र बिबी फाउन्डेसनको संयुक्त पहलमा महावीर पुन तथा राष्ट्रिय अविष्कार केन्द्रलाई एक करोडको पुरस्कार प्रदान गरिने घोषणा गरिएको छ।

नेपालको विकासमा महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रले पुर्‍याएको योगदानको कदरस्वरूप संघ तथा बिबी फाउन्डेसनद्वारा संयुक्त रूपमा एक करोडको ‘भवन कीर्ति रत्न’ पुरस्कार प्रदान गर्न लागेको हो। बिबी फाउण्डेसनका अध्यक्ष एवं गैरआवसीय नेपाली संघका पूर्वअध्यक्ष भवन भट्टले एनआरएनको १०औं सम्मेलनका अवसरमा उक्त पुरस्कारको घोषणा गरेका हुन्।

‘भवन कीर्ति रत्न’ पुरस्कार हरेक दुई-दुई वर्षमा प्रदान गरिने छ। धन भएर मात्र हुँदैन त्यसभित्र ठूलो मन पनि हुनुपर्छ भन्दै एनआरएनका पूर्वअध्यक्ष भवन भट्टले एनआरएनको उदघाटन अवसरमा मुलुकको सेवामा समर्पीत व्यक्तित्वलाई सहयोग गर्नु सबै नेपालीको कर्तव्यसमेत भएको बताए। केही समयदेखि ओशोको भक्तिभावमा फरक शैलीमा देखिएका भवनको आध्यात्मिक नाम स्वामी आनन्ददेव पनि हो।

गैरअवासीय नेपाली संघको अभिभावकत्वमा पुरस्कारको कार्यविधि बनाएर बिबी फाउण्डेसनले नेपाल तथा नेपालीका लागि योगदान गर्ने नेपाली वा गैरआवासीय नेपाली व्यक्ति वा संस्थालाई गैरआवासीय नेपाली संघको सम्मेलनको अवसरमा प्रदान गरिने बिबी फाउण्डेसनले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...