News Portal

  • हलेसी तुवाचुङ नगरले छोरीहरुलाई ‘बालिका बचत’ कार्यक्रममा समेट्दै

    हिमालीसंचार संवाददाता
    १६० पटक

    अविन चाम्लिङ/खोटाङ – खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाले ‘बालिका बचत’ कार्यक्रम अन्तरत १२९ छोरीहरु समेटेका छन् । सामाजिक विभेद अन्त्याको प्रयास स्वरुप नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ बाट सुरु गरेको ‘बालिका बचत’ कार्यक्रममा विस २०७७ साउन १ गतेदेखि हालसम्म जन्मिएका छोरी समेटेका हुन् ।

    यस कार्यक्रम लागू भएपछि हलेसी तुवाचुङ नगरमा जन्मिएका छोरीको नाममा खाता खोलेर र ३ वर्षको उमेर पुग्दासम्म बार्षिक ४ हजारका दरले खातामा रकम जम्मा गरिदिनेगरी ‘बालिका बचत’ कार्यक्रम कार्यान्वयनमा ल्याइएको हलेसी तुवाचुङ नगरपालिकाका उपमेयर बिमला राईले हिमालीसंचारडटकमसगं बताईन् ।

    ‘बालिका बचत’ कार्यक्रममा समेटिएका छोरीको खातामा गत वर्ष र चालु आर्थिक वर्षको रकम जम्मा गरेर भौचर हस्तान्तरण सुरु गरिएको छ । ११ वडामध्ये हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम र हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका छोरीलाई रकम जम्मा भएको भौचर हस्तान्तरण गरेको छ ।

    अन्य वडाहरुमा सम्वन्धित वडाध्यक्षमार्फत वा आफै पुगेर भौचर हस्तान्तरण गरिने उपमेयर राईले बताईन् । अझैपनि कतिपय छोरीको खाता खोल्न बाँकी रहेकाले रकम जम्मा गर्न बाँकी रहेको बताईन्। 

    नगरपालिकालाई बालिकामैत्री नगर बनाउने लक्ष्यकासाथ आर्थिक वर्ष २०७७/०७८ को बार्षिक नीति तथा कार्यक्रमबाटै बजेट व्यवस्था गरेर ‘बालिका बचत’ कार्यक्रम सुरु गरिएको हो । ‘बालिका बचत’ कार्यक्रम अन्तरगतको सहयोग पाउनका लागि गर्भावस्थामा आमाले चार पटक अनिवार्य गर्भजाँच गरेको, स्वास्थ्य संस्थामै गएर सुत्केरी गराएको वा स्थानीय स्वास्थ्य संस्थामा सुत्केरी हुन नसकेको अवस्थामा अन्यत्र रेफर भएर छोरीलाई जन्म दिएको हुनुपर्ने प्रावधान रहेको छ ।

    छोरीलाई भन्दा छोरालाई प्राथमिकता दिने सामाजिक विभेद अन्त्याको प्रयास स्वरुप यो कार्यक्रम कार्यान्वयनमा ल्याइएको ‘बालिका बचत’ कार्यक्रमका लागि नगरपालिका र सालपा विकास बैंकको हलेसी शाखाविचमा बार्षिक ९ प्रतिशतले व्याज उपलव्ध गराउनेगरी हकवाला आमालाई राखेर बालिकाको नाममा १५ वर्षे मुद्धति खाता खोल्ने सम्झौता गरिएको छ । बैंक खातामा जम्मा भएको रकम बालिकाले १५ वर्षपछि मात्र निकाल्न पाउने व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज २२ गतेको राशिफल

    आज असोज २२, २०८२ (अक्टोबर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रहरीले २४ घण्टाभित्र बालेन–सुदनविरुद्धको जाहेरीमा जवाफ दिने

    काठमाडौं, असोज २१ — काठमाडौं महानगरपालिका प्रमुख बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्धको...

    घरै बसेर सजिलै कमाउने प्रलोभनमा नपर्न साइबर प्रहरीले चेतावनी

    काठमाडौं, असोज २१ — सामाजिक सञ्जाल फेसबुकमार्फत ठगी बढ्दै गएको छ। नेपाल प्रहरीले विभिन्न लोकप्रिय...

    विश्वप्रकाश शर्माद्वारा विशेष महाधिवेशनका लागि हस्ताक्षर अपिल

    काठमाडौं, असोज २१ — नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशनका लागि प्रतिनिधिहरूलाई असोज...

    सिंहदरबारमा राष्ट्रिय विपद् व्यवस्थापन परिषद्को बैठक, राहत प्याकेजमा छलफल

    काठमाडौं, असोज २१ — प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा सिंहदरबारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...