News Portal

  • मोरङको वेतना क्षेत्रबाट चाँदीको गर-गहना लुटपाटमा संग्लग्न ४ जना युवा पक्राउ

    हिमालीसंचार संवाददाता
    १८७ पटक

    वेलबारी – मोरङ जिल्लाको बेलवारी नगरपालिका-४ स्थित बेतना सिमसार क्षेत्रबाट गत ८ गते चाँदीको गर-गहना लुटपाट भएको घटनामा संग्लग्न रहेको आरोपमा ४ जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरुमा दमक नगरपालिका-३ का २५ बर्षीय सबिन बिश्वकर्मा, बर्दिबास नगरपालिका-१ का ३४ बर्षीय मनोज ठाकुर, रौतामाई गाउँपालिका-६ उदयपुरका २४ बर्षीय बिशाल बि.क. र ईटहरी-५ का २४ बर्षीय बादल बि.क. रहेका प्रहरीले बताएका छन् । 

    पक्राउ परेको उक्त समुहले चैत्र ८ गते बिहान पाथिभरा ज्वेलर्स एण्ड सप्लायर्स दमकका कर्मचारीले दमकबाट बर्दिबास लैजाँदै गरेको १३ केजी चाँदीका गर-गहना लुटपाट गरेको प्रहरीले बताएको छ । यसरी दमकबाट बर्दिबास लैजाँदै गरेको चाँदीका गहना लुटपाट भएको सूचना प्राप्त भएसंगै खोजतलासमा खटिएको इलाका प्रहरी कार्यालय बेलवारीको प्रहरी टोलीले लुटपाटमा संग्लग्न मध्ये ४ जना युवालाई चाँदीका गहना सहित नियन्त्रणमा लिएको हो । 

    घटनामा संग्लग्न अर्का एक जना युवा भने अझै फरार रहेको र उनको खोजतलास भईरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका ब्यक्तिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज २२ गतेको राशिफल

    आज असोज २२, २०८२ (अक्टोबर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रहरीले २४ घण्टाभित्र बालेन–सुदनविरुद्धको जाहेरीमा जवाफ दिने

    काठमाडौं, असोज २१ — काठमाडौं महानगरपालिका प्रमुख बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्धको...

    घरै बसेर सजिलै कमाउने प्रलोभनमा नपर्न साइबर प्रहरीले चेतावनी

    काठमाडौं, असोज २१ — सामाजिक सञ्जाल फेसबुकमार्फत ठगी बढ्दै गएको छ। नेपाल प्रहरीले विभिन्न लोकप्रिय...

    विश्वप्रकाश शर्माद्वारा विशेष महाधिवेशनका लागि हस्ताक्षर अपिल

    काठमाडौं, असोज २१ — नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशनका लागि प्रतिनिधिहरूलाई असोज...

    सिंहदरबारमा राष्ट्रिय विपद् व्यवस्थापन परिषद्को बैठक, राहत प्याकेजमा छलफल

    काठमाडौं, असोज २१ — प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा सिंहदरबारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...