News Portal

गैरआवासीय नेपाली संघको संसोधित बिधान परराष्ट्र मन्त्रलायमा दर्ता

हिमालीसंचार संवाददाता
२५६ पटक

काठमाडौ – काठ्माण्डौको होटल याक एण्ड यति दरबारमार्गमा सम्पन्न गैरआवासीय नेपाली संघको १० औं महाधिवेशनबाट २०२१-२०२३ कार्यकालको लागि बिनोद कुँवरकोअध्यक्षतामा नयाँ नेतृत्व निर्वाचित भएको छ।

नव निर्वाचित नेतृत्वले मार्च २६, २०२२ मा बैठक बसी संघ दर्ता(६३१५) भएको नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा बिधान दर्ता गर्ने निर्णय गरेको थियो। सोहि अनुरुप अध्यक्ष कुँवर र अन्य कार्यकारी सदस्यहरु आज मार्च २७, २०२२ आइतबार मन्त्रालय पुगेर बिधान दर्ता गराएका छन्।

पदाधिकारीहरुबाट सहि गरेको बिधान आज मार्च २७, २०२२ का दिन बिहान करिब ११:०० बजे दर्ता गरिएको कुरा संघका अध्यक्ष बिनोद कुँवरले जानकारी दिनुभयो। उहाँले अब सचिवाल गएर अफिस संचालन गर्ने जानकारी दिनुभएको छ।

यसपूर्व गैरआवासीय नेपाली संघ दर्ता भएको नेपाल सरकारको परराष्ट्र मन्त्रालयले संघको १० औं महाधिवेशन सम्पन्न गर्ने संघका प्रमुख संरक्षक शेष घलेलाई जिम्मेवारी र अधिकार सहितको पत्र दिएको थियो।

प्रमुख संरक्षक शेष घलेले सो जिम्मेवारी पुरा गरेको र अब नयाँ नेतृत्वले संघलाइ अगाडि लैजाने कुरामा आफू विश्वश्त रहेको कुरा महाधिवेशनको समापनमा बताउनु भएको थियो।

प्रतिकृया दिनुहोस्

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ ।...

कुवेतमा राप्रपाको भातृ संगठन ‘पानस’को तदर्थ समिति गठन संयोजकमा राम न्यौपाने

कुवेत– राष्ट्रिय प्रजातन्त्र पार्टी (रा:प्र:पा:) को भातृ संगठन प्रवासी नेपाली एकता समाज (पानस) को तदर्थ...