News Portal

  • मोरङको लेटाङमा ऐतिहासिक महापुराण शुरु, ५ बर्षीय बालकद्वारा भागवत पाठ

    हिमालीसंचार संवाददाता
    १५० पटक

    लेटाङ – मोरङ जिल्लाको लेटाङ स्थित चिसाङमा गंगाघाट निर्माण समितिको आयोजना तथा आराधना कृतन समुहको सहयोगमा चिसाङ खोलामा ब्यबस्थित घाट निर्माणका लागि सहयोग जुटाउने उदेश्यले आयोजना हुनलागेको श्रीमद्भागवत संगितमय सप्ताह महापुराणको बिधिवत कलस यात्रा सहित शुभारम्भ भएको छ।

    सुकदेब स्वामिबाट कथा बाचन हुने साथै विश्वमै पहिलो पटक ५ बर्षीय बालकद्वारा समेत गिता तथा भागवत पाठ गर्ने भएकोले लेटाङमा हुने महापुराण एतिहासिक हुने आयोजकले जनाएको छ।  

    महापुराणको संघीय सांसद घनश्याम खतिवडा, लेटाङ नगरपालिकाको प्रमुख शंकर राई तथा उपप्रमुख कृष्णकुमारी निरौलाले संयुक्त रुपमा पानसमा दिप प्रज्वलन बालेर कार्यक्रम उद्घाटन गरेका थिए । 

    पबित्र उदेश्य लिएर पुराण सुरु गरिएकाले सबैले एकपटक पुराण सुनेर पबित्र हुन आयोजकले स्थानीय सबैमा आग्रह गरेको छ । सम्पूर्ण महानुभावहरुलाई कथा श्रवण गर्न र आफुले सकेको सहयोग गरेर घाट निर्माण कार्यमा सहयोग पुर्याइ दिन वडाअध्यक्ष तेज प्रसाद तिम्सिनाले आग्रह गरेका थिए। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज २२ गतेको राशिफल

    आज असोज २२, २०८२ (अक्टोबर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रहरीले २४ घण्टाभित्र बालेन–सुदनविरुद्धको जाहेरीमा जवाफ दिने

    काठमाडौं, असोज २१ — काठमाडौं महानगरपालिका प्रमुख बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्धको...

    घरै बसेर सजिलै कमाउने प्रलोभनमा नपर्न साइबर प्रहरीले चेतावनी

    काठमाडौं, असोज २१ — सामाजिक सञ्जाल फेसबुकमार्फत ठगी बढ्दै गएको छ। नेपाल प्रहरीले विभिन्न लोकप्रिय...

    विश्वप्रकाश शर्माद्वारा विशेष महाधिवेशनका लागि हस्ताक्षर अपिल

    काठमाडौं, असोज २१ — नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशनका लागि प्रतिनिधिहरूलाई असोज...

    सिंहदरबारमा राष्ट्रिय विपद् व्यवस्थापन परिषद्को बैठक, राहत प्याकेजमा छलफल

    काठमाडौं, असोज २१ — प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा सिंहदरबारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...