News Portal

हङकङमा आज ८,८४१ कोरोना संक्रमित थपिए, १४४७ जनाले स्वास्थ्यलाभ लिए

हिमालीसंचार संवाददाता
१७० पटक

युवा राई/हङकङ – हङकङमा आज कोरोना संक्रमितको संख्या ८,८४१ नयाँ पुष्टि भएको छ। गत फेब्रुअरी २५ तारिखपछि हङकङमा कोरोना संक्रमितको संख्या चार अंकमा झरेको यो पहिलो अभिलेख हो।

स्वास्थ्य सुरक्षा केन्द्रका डा. अल्बर्ट औका अनुसार कोरोना संक्रमितमध्ये ६ आयातित, १,३२४ ओमिक्रोन भेरियन्टका रहेका छन्। बाँकी परीक्षणको क्रममा रहेका छन्। हङकङमा पाँचौं लहरमा मात्रै कोरोना संक्रमितको संख्या १११७,८३९ पुगेको छ।

गत २४ घण्टाभित्र थप ११४ जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ। मृत्यु हुनेहरुमा ३ वर्षदेखि १०६ वर्ष उमेरबीचका ६५ पुरुष र ४९ महिला रहेका छन्। मृत्यु हुनेहरुमा आवासीय केयर होम्समा बस्दै आएका बृद्धबृद्धासहित केही क्यान्सर, मृगौला रोगले पीडित तथा केही दीर्घ रोगीहरु रहेका छन्। मस्तिष्कमा गम्भीर समस्या रहेको ३ वर्षीय बच्चालाई नियमितरुपमा अस्पताल ल्याउंने लैजाने गराइदै आएको थियो। कोरोनाको पाँचौं लहरमा मात्रै मृत्यु हुनेको संख्या हङकङमा ६८८८ पुगेको छ।

हङकङमा ५१ जना विरामीको अवस्था चिन्ताजनक र ६० जना विरामीको अवस्था गम्भीर रहेको प्राधिकरणले जनाएको छ। गम्भीर अवस्थामा रहेका १०५ बिरामीको आईसीयूमा उपचार भइरहेको छ। १४४७ जना बिरामी निको भएर अस्पतालबाट घर फर्केका छन्।

त्यस्तै, अस्पताल प्राधिकरणअन्तर्गतका २०,६७७ भन्दा बढी कर्मचारीमा कोभिड–१९ संक्रमित देखिएको छ। तीमध्ये १७,०१८ निको भएर काममा फर्किएका अधिकारीले बताएका छन्।

प्रतिकृया दिनुहोस्

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...