News Portal

इश्वरपुरमा झडप हुदा जसपाका प्रमुख सचेतक साह घाइते, युवाले खोसे पेस्तोल र गोली

हिमालीसंचार संवाददाता
२२० पटक

मलङ्वा – सर्लाही जिल्लाको इश्वरपुर नगरपालिका-६ बयलबास बजारमा रहेको बाटोको विषयमा विवाद हुँदा दुई पक्षबीच झडप हुदा जनता समाजवादी पार्टीका प्रमुख सचेतक एवम् सर्लाही क्षेत्र नं. १ का संघीय सांसद प्रमोद साह घाइते भएका छ्न्।

सांसद साहको टाउको र पिठ्युमा गम्भीर चोट लागेको छ । गम्भीर घाइते भएका साहको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । बाटो विस्तार गर्ने क्रममा बाटो छेउमा रहेको फुलजोर युवा क्लबको भवन भत्काइएको थियो । 

बाटोको सीमांकन भइ सकेपछि बाँकी रहेको जमिनमा क्लबको भवन बनाउनुपर्ने युवाहरुको माग रहेको छ । तर सांसद साहले भत्केको क्लबको भवनलाई त्यस ठाउँमा नबनाई अर्को ठाउँमा बनाउनुपर्ने भनेपछि युवाहरु आक्रोशित भएका थिए । 

सांसद साहले आफ्ना समर्थक लिएर बजारमा प्रदर्शन गर्न जाँदा युवाहरु आक्रमणमा उत्रेका थिए । घटनामा साहको सुरक्षागार्ड असइ विनोदप्रसाद यादवमाथी समेत कुटपिट भएको छ । यादवको साथमा रहेको एक थान पेस्तोल र ७ राउन्ड गोलीसमेत युवाहरुले खोसेर लगेको यादवले बताएका छ्न् । युवाहरुले एउटा भारतीय स्करपियो र करिब १ दर्जन मोटरसाइकल समेत तोडफोड गरेका छन् ।

प्रतिकृया दिनुहोस्

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...