News Portal

  • खोटाङ जिल्ला प्रशासनले इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह

    हिमालीसंचार संवाददाता
    १४८ पटक

    खोटाङ – आसन्न स्थानीय तहको निर्वाचनलाई लक्ष्यित गर्दै जिल्ला प्रशासन कार्यालय खोटाङले इजाजत प्राप्त हातहतियार आगामी ३० बैसाखमा हुने स्थानीय तहको निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण, मर्यादित एवं भयरहीत बनाउनका लागि प्रशासनले इजाजत प्राप्त हतियार बुझाउन सूचना जारी गर्दै आग्रह गरेको छ ।

    निमित्त प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले शुक्रबार जारी गरेको सूचनामा इजाजत लिएर घरमा राखिएका बन्दुक जस्ता हातहरियार निर्वाचन सकिएपछि सम्वन्धित व्यक्तिलाई फिर्ता दिनेगरी बुझाउन भनिएको छ ।

    निर्वाचनमा शान्तिपूर्ण वातावरण तयार गरी भरपर्दो र विश्वसनीय वातावरण बनाउन भन्दै जिल्ला प्रशासनले चैत मसान्तभित्र पायक पर्ने नजिकको प्रहरी इकाईमा लगेर हातहतियार बुझाउन अनुरोध गरेको हो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज २२ गतेको राशिफल

    आज असोज २२, २०८२ (अक्टोबर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रहरीले २४ घण्टाभित्र बालेन–सुदनविरुद्धको जाहेरीमा जवाफ दिने

    काठमाडौं, असोज २१ — काठमाडौं महानगरपालिका प्रमुख बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्धको...

    घरै बसेर सजिलै कमाउने प्रलोभनमा नपर्न साइबर प्रहरीले चेतावनी

    काठमाडौं, असोज २१ — सामाजिक सञ्जाल फेसबुकमार्फत ठगी बढ्दै गएको छ। नेपाल प्रहरीले विभिन्न लोकप्रिय...

    विश्वप्रकाश शर्माद्वारा विशेष महाधिवेशनका लागि हस्ताक्षर अपिल

    काठमाडौं, असोज २१ — नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशनका लागि प्रतिनिधिहरूलाई असोज...

    सिंहदरबारमा राष्ट्रिय विपद् व्यवस्थापन परिषद्को बैठक, राहत प्याकेजमा छलफल

    काठमाडौं, असोज २१ — प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा सिंहदरबारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...