
काठमाडौं – स्थानीय तह निर्वाचन प्रयोजनका लागि नेपाल प्रहरीले १ लाख म्यादी प्रहरीको माग गरेको थियो। म्यादी प्रहरीका लागि झन्डै तेब्बर संख्यामा आवेदन परेको श्रोतले बताएको छ । हिजो शुक्रबार अन्तिम दिनसम्म २ लाख ९३ हजार २६३ जनाले आवेदन दिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरी प्रधान कार्यालयले आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि चैत ६ देखि ११ गतेसम्म म्यादी प्रहरीका लागि भर्ना खोलेको थियो । प्रहरी प्रधान कार्यलयका अनुसार सातै प्रदेशका जिल्ला प्रहरी कार्यालयहरुमा निवेदन दिन सक्ने व्यवस्था गरिएको थियो ।
नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार चैत ९ गते सबभन्दा बढी ५८ हजार २२१ जनाले आवेदन दिएका थिए । जसमा महिला ११ हजार २८६ र पुरुष ४६ हजार ९३५ जना रहेका छन् ।
यसअनुसार प्रदेश १ मा १७८३१, मधेसमा २१६९८, वाग्मतीमा १९३६३, गण्डकीमा १०६२५, लुम्बिनीमा १६०९८, कर्णालीमा ७७१३ र सुदूरपश्चिममा ९९३७ म्यादी मागिएको थियो। काठमाडौं उपत्यकामा भने ४७३५ जना मागिएको प्रहरी प्रधान कार्यलयले जनाएको छ।