
काठमाडौं – काठमाडौ स्थित कलंकीमा चारवटा सवारी साधन एकसाथ दुर्घटनामा परेका छन्। उक्त दुर्घटनामा एक युवकको घटना स्थलमा मृत्यु भएको छ।
दुर्घटनामा सुनसरी धरान घर भई हाल ललितपुरको टिकाथली बस्ने २९ वर्षीय सन्तोष लिम्बुको मृत्यु भएको प्रहरीले जनाएको छ।
गम्भीर घाइते भएका लिम्बुको उपचारको क्रममा बल्खुको बयोधा अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।
प्रहरी उपरीक्षक मैनालीका अनुसार शुक्रबार साँझ करिब ७ बजे कलंकीबाट बल्खुतर्फ आउँदै गरेको बागमती प्रदेश-१-२५-प ०४२० नम्बरको गाडी, बा४९प ७१८५ नम्बरको स्कुटर, बा१प ९८८ नम्बरको माइक्रो बस र ना५ख ७५०८ नम्बरको ट्रक दुर्घटनामा परेका थिए।
सुरूमा गाडीले स्कुटरलाई ठक्कर दिएको थियो। गाडीले ठक्कर दिएपछि स्कुटर माइक्रो बससँग ठोक्किन पुगेका थिए।माइक्रोसँग ठोक्किएपछि स्कुटरमा सवार लिम्बु उछिट्टिएर ट्रकमुनि परेका थिए। दुर्घटनामा स्कुटर चालक २७ वर्षीय दिनेश थापामगर घाइते भएका छन्। उनको बयोधा अस्पतालमा उपचार भइ रहेको प्रहरीले बताएको छ ।