News Portal

काठमाडौ स्थित कलंकीमा सवारी दुर्घटना, एक युवकको मृत्यु

हिमालीसंचार संवाददाता
१६२ पटक

काठमाडौं – काठमाडौ स्थित कलंकीमा चारवटा सवारी साधन एकसाथ दुर्घटनामा परेका छन्। उक्त दुर्घटनामा एक युवकको घटना स्थलमा मृत्यु भएको छ।

दुर्घटनामा सुनसरी धरान घर भई हाल ललितपुरको टिकाथली बस्ने २९ वर्षीय सन्तोष लिम्बुको मृत्यु भएको प्रहरीले जनाएको छ। 

गम्भीर घाइते भएका लिम्बुको उपचारको क्रममा बल्खुको बयोधा अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

प्रहरी उपरीक्षक मैनालीका अनुसार शुक्रबार साँझ करिब ७ बजे कलंकीबाट बल्खुतर्फ आउँदै गरेको बागमती प्रदेश-१-२५-प ०४२० नम्बरको गाडी, बा४९प ७१८५ नम्बरको स्कुटर, बा१प ९८८ नम्बरको माइक्रो बस र ना५ख ७५०८ नम्बरको ट्रक दुर्घटनामा परेका थिए।

सुरूमा गाडीले स्कुटरलाई ठक्कर दिएको थियो। गाडीले ठक्कर दिएपछि स्कुटर माइक्रो बससँग ठोक्किन पुगेका थिए।माइक्रोसँग ठोक्किएपछि स्कुटरमा सवार लिम्बु उछिट्टिएर ट्रकमुनि परेका थिए। दुर्घटनामा स्कुटर चालक २७ वर्षीय दिनेश थापामगर घाइते भएका छन्। उनको बयोधा अस्पतालमा उपचार भइ रहेको प्रहरीले बताएको छ । 

प्रतिकृया दिनुहोस्

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...