News Portal

खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधी बसन्त हरियाली क्लवले जित्यो

हिमालीसंचार संवाददाता
२४४ पटक

लेटाङ – एकता स्पोर्ट क्लब लेटाङ २ को आयोजनामा जारी खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधी बसन्त हरियाली क्लव लेटाङ ९  जाँतेले प्राप्त गरेको छ । आज लेटाङ २ को खेलमैदानमा द ब्वाइज क्लब संग भएको प्रतिस्पर्धामा १-० गोल अन्तरले विजय भएको हो ।

कार्यक्रमलाई संवोधन गर्दै नगरप्रमुख राईले लेटाङको खेलकुद क्षेत्रमा लागेका खेलाडीलाई अन्तरास्ट्रिय क्षेत्रसम्म लेटाङ र नेपालको नामलाई उच्च बनाईरहेको भन्दै अझै सफलताको सुभकामना दिएका थिए। खेल जीवनलाई स्वास्थ्य अनुसाशित  बन्नका लागि भन्दै खेललाई वृद्धि गर्नका लागि लेटाङ नगरपालिकाले रंगशाला निर्माण गर्ने योजना अघि सारेको बताए । नगरले खेल जगतको बिकासका लागि महत्वका साथ हेरिएकाले सबै खेललाई नगरले उत्तिकै महत्व दिएर योजना बढाईरहेको वताए ।

विजय टिमले २० हजार नगद सहित सिल मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता वेलवारीले नगद १० हजार सहित सिल, मेडल  र प्रमाणपत्र प्राप्त गरेका छन् । 

लेटाङ नगरपालिका र वडा न २ को आर्थिक सहयोगमा भएको प्रतियोगितामा ८ टिमको सहभागि रहेको थियो ।  आजको खेलमा विजेतालाई मेयर शंकर राई ,  वडा २ का वडाध्यक्ष तेज प्रसाद तिम्सिना, समाजसेवि बाल कुमार ठकुरी लगायतले पूरस्कार वितरण गरेका थिए ।

प्रतिकृया दिनुहोस्

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...