News Portal

  • धरानको वीपी स्वास्थ्य विमाबारे छलफल, विमाको सेवा रोकिदैनः मेयर राई

    हिमालीसंचार संवाददाता
    १६२ पटक

    धरान – धरान उपमहानगरपालिका धरानमा रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले चैत १५ गतेदेखि स्वास्थ्य विमाको सेवा रोक्ने निर्णय गरेको बिषयमा स्थानीय सरकार र स्थानीय प्रशासनले प्रतिष्ठानसँग छलफल गरेको छ ।

    धरान उपमहानगरपालिका धरानका मेयर तिलक राई, सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, सुनसरी प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापा, सशस्त्र प्रहरीका एसपी बिक्रम होमागाई लगायदले प्रतिष्ठानका डेपुटी अस्पताल निर्देशक डा.विकास साह, अस्पताल प्रशासनका कर्मचारी अशोककुमार साहलगायत अधिकारीहरुसँग आज शुक्रबार छलफल गरेको गरेका छन्। 

    आज भएको छलफलमा स्थानीय सरकार र स्थानीय प्रशासनले विमा सेवा रोक्ने निर्णयप्रति ध्यानकर्षण भएको जनाउदै स्वास्थ्य विमा कार्यक्रम निरन्तर सञ्चालन गन प्रतिष्ठान प्रशासनलाई आग्रह पनि गरेका थिए । धरानका मेयर राईका अनुसार विमा बोर्डले चैत ७ गते नै ३ करोड ५७ लाख रकम प्रतिष्ठानको खातामा भुक्तानी गरिसकेको छ भने यसै साता थप ६,७ करोड कम पनि भुक्तानी गर्ने जानकारी दिएको छ । 

    तसर्थ, प्रतिष्ठानलाई विमा सेवा नरोक्न आग्रह गरिएको र चैत १५ गतेपछि सेवा नरोकिने पनि मेयर राईले बताए । ‘विमा बोर्डबाट चैत ७ गते ३ करोड ५७ लाख बढी रकम आइसकेको छ, थप रकम यसै साता आउदैछ । त्यसैले विमा कार्यक्रम नरोक्नुस् भनेका छौ, चैत १५ गतेपछि पनि सेवा निरन्तर हुन्छ,’ मेयर राईले विश्वस लिएका छन् । 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज २२ गतेको राशिफल

    आज असोज २२, २०८२ (अक्टोबर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रहरीले २४ घण्टाभित्र बालेन–सुदनविरुद्धको जाहेरीमा जवाफ दिने

    काठमाडौं, असोज २१ — काठमाडौं महानगरपालिका प्रमुख बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्धको...

    घरै बसेर सजिलै कमाउने प्रलोभनमा नपर्न साइबर प्रहरीले चेतावनी

    काठमाडौं, असोज २१ — सामाजिक सञ्जाल फेसबुकमार्फत ठगी बढ्दै गएको छ। नेपाल प्रहरीले विभिन्न लोकप्रिय...

    विश्वप्रकाश शर्माद्वारा विशेष महाधिवेशनका लागि हस्ताक्षर अपिल

    काठमाडौं, असोज २१ — नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशनका लागि प्रतिनिधिहरूलाई असोज...

    सिंहदरबारमा राष्ट्रिय विपद् व्यवस्थापन परिषद्को बैठक, राहत प्याकेजमा छलफल

    काठमाडौं, असोज २१ — प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा सिंहदरबारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...