News Portal

  • कालीकोटबाट नेपालगञ्ज जाँदै गरेको बसमा एकासी आगलागी

    हिमालीसंचार संवाददाता
    १६९ पटक

    काठमाडौं – कालीकोटबाट नेपालगञ्ज जाँदै गरेको यात्रुवाहक बसमा अचानक आगलागी भएको छ। शुक्रबार दिउँसो ३ बजेर २५ मिनेटमा सुर्खेतको बराहताल गाउँपालिका–८ ओदालताल नजिक ना ८ ख २३५६ नम्बरको बसमा आगलागी भएको हो।

    ‘गाडी जलेको छ, मानवीय क्षति भएको छैन,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले भने, ‘अरू भौतिक वा सामग्रीको क्षति भएको छैन।’ 

    बसमा लागेको आगो वीरेन्द्रनगरबाट दमकल गएर निभाएको छ।

    बसको ब्याट्रीमा अचानक आगलागी भएर आगो लागेको डिएपी घर्तीले जानकारी दिए। उनका अनुसार बसमा सवार सबै यात्रु सकुशल रहेका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    २० वर्षको कोमापछि साउदीका ‘स्लिपिङ प्रिन्स’ अल वालिदको निधन

    जेद्दाह, साउन ४ – साउदी शाही परिवारका एक प्रभावशाली सदस्य, राजकुमार अल वालिद बिन खालिद...

    मुग्लिन सडकमा पहिरोको चपेटामा भारतीय सवारी : तीन जना यात्रु घाइते

    चितवन, साउन ४ – नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा आइतबार दिउँसो माथिबाट खसेको ढुंगा एक चलिरहेको...

    अविरल वर्षाले देशभर बाढी र पहिरो, ११ मुख्य राजमार्ग प्रभावित

    देशभर लगातार भइरहेको अविरल वर्षाका कारण विभिन्न स्थानमा बाढी र पहिरोले ठूला क्षति पुर्‍याउँदै गएका...

    १५ वर्षीय बालकको पेटबाट सफल शल्यक्रियामार्फत कैंची निकालियो

    विराटनगर, साउन ४ – उदयपुरका एक १५ वर्षीय बालकको पेटभित्र अड्किएको कैंची नोबेल मेडिकल कलेज...

    सिद्धान्त हराएको राजनिति – कमला थापा

    २०८२ साउन ४ गते। पूर्वराष्ट्रपति बिद्यादेवी भण्डारी सक्रिय राजनितिमा फर्किने र एमालेको पार्टि अध्यक्ष हुने...