News Portal

  • निर्माणाधीन बुद्धपार्कको बुद्धमूर्ति तोडफोड, स्थानीय आक्रोशित

    हिमालीसंचार संवाददाता
    १७२ पटक

    सिन्धुपाल्चोक – जुगल गाउँपालिका–७ याङ्लाकोट मुन्थली डाँडामा निर्माणाधीन बुद्धपार्कको बुद्धमूर्ति बिहीबार बेलुकी अज्ञात समूहले तोडफोड गरेका छन् । प्रदेश सरकारको बजेट र स्थानीय तहको समन्वयमा तीन वर्षदेखि बन्दै आइरहेको पर्यटकीय संरचना फुटाएर ध्वस्त बनाइएपछि स्थानीय आक्रोशित भएका छन् ।

    जुगल गाउँपालिका–७ का अध्यक्ष दिलकुमार लामाका अनुसार पर्यटकीय प्रवर्द्धनको उद्देश्य बोकेर सुरुवाती २० लाख बजेटमा मुन्थली डाँडामा ५ फिटको बुद्धमूर्तीसहित अन्य परम्परागत संरचना ठड्याइएको थियो । ‘यहाँको झण्डै ६ रोपनी जग्गामा केही ठूला र साना गरी ६ वटा बुद्ध र अन्य बौद्ध धर्मसँग सम्बन्धित देवीदेवताका मूर्ति थिए, अन्य परम्परागत संरचना पनि टुक्राटुक्रा पारेर फुटाइएछ, यो घटनाले साह्रै चित्त दुखेको छ, ’ लामाले दुखेसो गरे । स्थानीय तह आएलगत्तै आफ्नो अगुवाइमा सुरु गरिएको योजना भत्काइएपछि तत्कालै सुरक्षाकर्मीलाई सूचना दिइसकेको उनले उल्लेख गरे ।

    जिल्लाको सदरमुकाम चौताराबाट करिब ३० किलोमिटरको दूरीमा रहेको दुर्गम याङलाकोटसम्म कच्ची सडक जोडिएको छ । याङ्लाकोट गाउँपालिका क्षेत्रमा पुगेर तोडफोड घटनाबारे तीव्र अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी उपरीक्षक राजन अधिकारीले बताए । ‘शान्तिदूत बुद्धको मूर्ति यसरी तोडिनु पूरै दुखद भयो । यसबारे स्थलगत रुपमा गहिरो अनुसन्धान सुरु गरेका छौं । स्थानीय र शंकास्पद व्यक्तिलाई आवश्यक सोधपुछ चलिरहेको छ,’ एसपी अधिकारीले भने ।

    बुद्धको मूर्ति तोडफोड हुनु बौद्ध धर्मकै अपमान भएको भन्दै तामाङ घेदुङ, बौद्ध संघ र समस्त सिन्धुबासीले नै सामाजिक सञ्जालमा आपत्ति जनाएका छन् । नेपाल तामाङ घेदुङका जुगल अध्यक्ष फुलकाजी स्याङ्बोले यसले धार्मिक सहिष्णुतामाथि चोट पुगेको र यसले सिंगो देशलाई दु:खी बनाएको बताए । ‘विवाद या द्वन्द्व हुनु छलफलको विषय भयो । तर, यसकै नाममा कुनैपनि धार्मिक मनलाई चोट पुग्ने काम गर्नुहुन्न, अझै हाम्रो गौरव विभूति बुद्धको मूर्ति तोडिनु झनै भयानक काम हो,’ उनले भने ।

    स्थानीयका अनुसार रातारात मूर्ति तोडेर ढालिएको संरचनाको हेर्दा हतारमै घन, गलजस्ता सामाग्री प्रयोग गरिएको देखिन्छ ।

    बुद्धसँग जोडिएको जुगल

    बौद्ध धर्मका बुद्धपछिका दोस्रा बुद्ध मानिने गुरु रिन्पोछे (पदमसंम्भव) र हिन्दुका अराध्यदेव महादेवसग जोडिएको अनेक पुराना गुम्बा मन्दिरजस्ता धार्मिक जुगल गाउँपालिमा छन् । ११ वटा चुचुरा रहेको जुगल हिमश्रृंखला हिमक्षेत्रको जुगल गाउँपालिका वडा ३ मा पर्छ । बौद्ध परम्पराअनुसार जुगल हिमश्रृंखलाकै काखमा रहेको फराकिलो जंगली इलाका, मैदान नेपेमाशाल अर्थात देवताको स्वर्ग मानिन्छ ।

    यहाँको तोङक्युप गुफा र मैदानमा रेन्पोछेको तपोभूमि, छेन्दाङ पाल्देन माम् अर्थात् महाकालीको बसोबासस्थल मानिन्छ । यीबाहेक ब्रम्हायाणी नदीको मूल, हजार जना अट्ने हजार गुफा, ज्युठी, ग्याप खर्क, बुम्बाशेर्बु, श्याबल पोखरीको आफ्नै धार्मिक महत्त्व र सौन्दर्यता छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज २२ गतेको राशिफल

    आज असोज २२, २०८२ (अक्टोबर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रहरीले २४ घण्टाभित्र बालेन–सुदनविरुद्धको जाहेरीमा जवाफ दिने

    काठमाडौं, असोज २१ — काठमाडौं महानगरपालिका प्रमुख बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्धको...

    घरै बसेर सजिलै कमाउने प्रलोभनमा नपर्न साइबर प्रहरीले चेतावनी

    काठमाडौं, असोज २१ — सामाजिक सञ्जाल फेसबुकमार्फत ठगी बढ्दै गएको छ। नेपाल प्रहरीले विभिन्न लोकप्रिय...

    विश्वप्रकाश शर्माद्वारा विशेष महाधिवेशनका लागि हस्ताक्षर अपिल

    काठमाडौं, असोज २१ — नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशनका लागि प्रतिनिधिहरूलाई असोज...

    सिंहदरबारमा राष्ट्रिय विपद् व्यवस्थापन परिषद्को बैठक, राहत प्याकेजमा छलफल

    काठमाडौं, असोज २१ — प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा सिंहदरबारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...