News Portal

सेन्छे एवाई राईको “बलात्कृत आत्मा”

हिमालीसंचार संवाददाता
२६३ पटक

 

मेरो अधिकारको लडाइँ म लडिरहेकी छु
यो बेला मेरो समाजको महत्त्व अत्यधिक रहने छ
साथी संगीको हात मेरो काधमा खप्टिने छ
आफन्तहरूको साथ अत्यन्तै प्रभावकारी हुने छ
र निकट मान्छेहरूको स्वर मेरो शिरमा उभिने छ

हो यहीँ सोचले
म बिना प्रमाण समाज संग गुहार माग्छु
छिमेकीको मनको ढोका ढकढक्याउदा
घरकै ढोकामा आग्लो लागेपछि
त्यो मन सम्म त झन कसरी पुग्नु…?

त्यसपछि नै हो
मेरो जिन्दगीमा बिछिप्तता छाएको

तै पनि म आफ्नो न्यायको लागि लडिरहन्छु
लडिरहँदा, समाज नै पुकार्नु पर्छ मैले र पुकार्छु
तर मेरो समाजले मलाई ‘प्रमाण’ नै खोज्छ
बिना प्रमाण त समाज पनि बोल्न मिल्दैन भन्दै
बरु अपराधीलाई नै पो टेवा पुगे जस्तो भन्छ समाज

हिजो समाज
आज समाज
र भोलि पनि समाज
समाज भन्दा उच्च केही छैन
कानूनले कुनै फैसला गर्ला
तर तिमी बाच्ने भनेको समाजमा मात्रै हो
र समाजलाई कुल्चनु भनेको
तिमीले समाजलाई लत्याउनु हो
समाजलाई अपमान गर्नु हो
समाजको चित्त दुखाउनु हो
समाजको विश्वास तोड्नु हो
हो, यस्तै-यस्तै गतिलो उपदेश दिदै…

समाजले नै
मेरो हातमा हतकडी लगाइदियो
खुट्टामा साङ्ली बेरिदियो
मुखमा कसिलो ताल्चा झुन्डाई दिएपछि
मेरा लागि उठ्नुपर्ने कलमहरु नउठेको हो
मेरा लागि बोल्नुपर्ने आवाजहरु मौन रहेको हो
मेरा लागी जुट्नुपर्ने आफन्तहरू जुट्न सनकेकै हो
अनि मेरा कदमहरु यसै, त्यसै रोकिएको हो…

अत्त त पीडितले
न्यायीक प्रमाण जुटाउन नसकेपछि
त्यो समाजमा अपराधीको शिर उठ्दो रहेछ
त्यो समाजमा अपराधी खुलेआम हिंड्दो रहेछ
अनि त्यहाँ कैयौं प्रकारको अपराधहरु बाँचीरहदो रहेछ
र समाजमा कैयौंपटक अपराधहरु पनि भैरहँदो रहेछ

त्यो बेला म महसुस गर्छु
पिडितको ‘माङ्गेना चोत्लुङ’ खस्ने रहेछ
पिडितको ‘माङेना लुङ्धुङ थाङ्धाङ’ नहुँदो रहेछ

अनि आफू बलात्कृत हुनुको
दर्दानक पीडा त, मलाई थियो नै थियो..
अझ त्यसपछि पो, एउटा ‘आत्मा’
हजारौं मस्तिष्कबाट हजारौं प्रकारले
हजारौं-हजार पटक बलात्कृत भैरहयो…

त्यो बेला एक थोपा सहानुभूतिको छिट्का
मेरो शरिरमा पोखिँदा, बाच्ने शाहस जुट्थ्यो
र फेरि त्यही आसाले श्वास फेरिरहन भने छोडिन..

यस्तै सोच्दा-सोच्दै
थुप्रै रात आँसुले कष्टहरु…
बगाउँदा, बगाउँदै छर्लङ्ग उज्यालो पार्छु

त्यस पछि मेरो पैतालाले
त्यो समाजलाई शिरमा राख्यो
र मन-मस्तिष्कले पैतालामा राखेर..

बाच्नका लागि नै, त यहाँ थुप्रै समाजहरु छन् भन्दै अर्को युगको समाजमा मेरो ‘मन’ बसाइँ सरेको हो

तर एक दिन अपराधीले
मानव हुनुको अर्थ र महत्त्व बुझ्ने छ
त्यो दिन आफ्नै रगतको
फोहोर छिट्काले आफैलाई लाग्नेछ
त्यति बेला अपराधीले पत्तो पाउनेछ
कि, ‘बलात्कृत’ हुनुको दर्दानक पीडा कस्तो हुन्छ ?
हो’ त्यति बेला नै थाहा पाउने छ
आफ्नो ‘अस्तित्व बलात्कार’ हुँदा कस्तो लाग्छ भनेर..

अन्तत मेरो समाजले पनि
त्यही दिन पहिचान पाउने छ
कि, ‘अपराध’ ‘अपराधी’लाई गोड्मेल गर्दै
सुरक्षा दिदै पाल्नु, कत्तिको घातक छ भनेर…

हो अब त्यतिबेला म
आफ्नो न्याय युद्ध जितको उत्सव मनाउनेछु
र एकपटक आत्मा शान्तिको गीत गुनगुनाउने छु

सेन्छे एवाई राई
काठमाडौं, नेपाल

 

 

प्रतिकृया दिनुहोस्

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...