News Portal

  • नेपाल आदिवासी जनजाति महासंघको १० औं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा गेल्जे शेर्पा निर्वाचित

    अध्यक्ष र महासचिवका लागि निर्वाचन भएको थियो!

    हिमालीसंचार संवाददाता
    १६५ पटक

    काठमाडौं – नेपाल आदिवासी जनजाति महासंघको १० औं राष्ट्रिय महाधिवेशन नवलपुरको कावासोती पानस ब्याङक्वेट स्थित संघको महाधिवेशन सम्पन्न भएको छ। संघीय परिषद सचिवालयले संघको अध्यक्षमा गेल्जे लामा (शेर्पा) निर्वाचित भएको जनाएका छन् ।

    महाधिवेशनमा अध्यक्ष र महासचिव बाहेक अन्य पदाधिकारी सर्वसम्मत चयन गरिएको थियो। अध्यक्ष र महासचिवको लागि भएको मतदानमा ५३ मत खसेको थियो। अध्यक्षका लागि १ मत बदर भएको थियो भने महासचिवका लागि ५३ मत खसेकोमा २ मत बदर भएको थियो । 

    अध्यक्षमा गेल्जे लामा सेर्पाले ४४ मत ल्याएर बिजयी भएका छन भने उनका प्रतिद्वन्द्वी सोनाम वालुङले ८ मत ल्याएका थिए । त्यस्तै, महासचिव पदका लागि दिवस राईले ३६ मत प्राप्त गरेका थिए भने महासचिवका अर्का प्रत्यासी सुखवीर थामीले १५ मत प्राप्त गरेका थिए। 

    संघको नयाकार्य समितिमा अध्यक्ष गेल्जे लामा (शेर्पा) निर्वाचित, बरिस्ठ  उपाध्यक्ष बुद्ध घर्ती, उपाध्यक्ष युबराज जिरेल (खुल्ला), उपाध्यक्ष ध्यानी उराँव ( खुल्ला), उपाध्यक्ष क्षेत्र बहादुर थकाली (खुल्ला) उपाध्यक्ष – गम्भीर सिं गुरुङ भोटे (खुल्ला), उपाध्यक्ष लाक्पा शेर्पा (ढोक्या)  ( महिला ), उपाध्यक्ष लहरु जिमि ( महिला ), उपाध्यक्ष श्रुती कुमाल (महिला ), महासचिव दिवस राई (निर्वाचित), उपमहासचिव रामकृष्ण लामा ब्लोन, सचिव मंगलराम दराइ (खुल्ला ), सचिव गोबिन्द लामा ह्योल्मो (खुल्ला ), सचिव मोहन राजवन्सी (खुल्ला ), सचिव बिकास सुरेल (खुल्ला ), सचिव ममता मेचे (महिला ), सचिव छोर्गेल लामा (महिला ), सचिव यमुना छन्त्याल (महिला ), सचिव भद्र कुमारी बरामु (महिला ), कोषाध्यक्ष बिमल सारू मगर र सह कोषाध्यक्ष रिदार नोसाङ भोटे गरी २१ नयाकार्यसमिति गठन गरिएको हो। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज २२ गतेको राशिफल

    आज असोज २२, २०८२ (अक्टोबर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रहरीले २४ घण्टाभित्र बालेन–सुदनविरुद्धको जाहेरीमा जवाफ दिने

    काठमाडौं, असोज २१ — काठमाडौं महानगरपालिका प्रमुख बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्धको...

    घरै बसेर सजिलै कमाउने प्रलोभनमा नपर्न साइबर प्रहरीले चेतावनी

    काठमाडौं, असोज २१ — सामाजिक सञ्जाल फेसबुकमार्फत ठगी बढ्दै गएको छ। नेपाल प्रहरीले विभिन्न लोकप्रिय...

    विश्वप्रकाश शर्माद्वारा विशेष महाधिवेशनका लागि हस्ताक्षर अपिल

    काठमाडौं, असोज २१ — नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशनका लागि प्रतिनिधिहरूलाई असोज...

    सिंहदरबारमा राष्ट्रिय विपद् व्यवस्थापन परिषद्को बैठक, राहत प्याकेजमा छलफल

    काठमाडौं, असोज २१ — प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा सिंहदरबारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...