News Portal

  • गैरआवासीय नेपाली संघ (एनआरएन)को अध्यक्षमा विनोद कुँवर

    हिमालीसंचार संवाददाता
    १३५ पटक

    काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएन)को याक एण्ड यति होटल जारी सम्मेलनले विनोद कुँवरको अध्यक्षमा कार्यसमिति गठन गरेको छ । संघका निवर्तमान उपाध्यक्ष सोनु लामाको संयोजक रहेको महाधिवेशन आयोजक समितिले कुँवरको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको हो ।

    एनआरएनएका पूर्वअध्यक्ष संरक्षक शेष घलेले विधानले दिएको अधिकार प्रयोग गर्दै वर्तमान कार्यसमिति विगठन गरी नयाँ निर्वाचन समिति बनाएका थिए ।

    एनआरएनएका अध्यक्ष कुमार पन्तको कार्यसमितिले गत अक्टोवरमै गराउनु पर्ने निर्वाचन विभिन्न आन्तरिक कारणले गर्दा गराउन सकेको थिएन । लामो समय निर्वाचन हुन नसकेपछि संरक्षक घलेले कार्यसमिति विघटन भएको घोषणा गर्दै उपाध्यक्ष लामाको संयोजकत्मा महाधिवेशन आयोजक समिति बनाएका थिए ।

    गत मंगलबारदेखि शुरु भएको महाधिवेशनमा बुधबार मनोनयनको समय तोकिएको थियो । निर्धारित समयमा कोरियावासी कुँवरले मात्रै अध्यक्षमा उम्मेदवारी दिएपछि निर्विरोध निर्वाचित भएका हुन् ।

    कार्यसमितिको उपाध्यक्षमा थर्कबहादुर सेन, सुरेन्द्र सिग्देल, उमेशकुमार पुडासैनी, बाबुराम लामा र महिला उपाध्यक्षमा भूमादेवी लिम्बू चयन भएका छन् भने महासचिवमा जानकारी गुरुङ चयन भएका छन् । त्यस्तै, सचिवमा जुनु गूरुङ र कोषाध्यक्षमा डिलामा खरेल चयन भएका छन् ।

    यद्यपि, यो महाधिवेशनलाई पन्त समूहले भने मान्यता नदिने बताएको छ । पन्त समूहले छुट्टै महाधिवेशन गरी तीन जनालाई अध्यक्ष बनाउन विधान संशोधनको तयारी गरेको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज २२ गतेको राशिफल

    आज असोज २२, २०८२ (अक्टोबर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रहरीले २४ घण्टाभित्र बालेन–सुदनविरुद्धको जाहेरीमा जवाफ दिने

    काठमाडौं, असोज २१ — काठमाडौं महानगरपालिका प्रमुख बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्धको...

    घरै बसेर सजिलै कमाउने प्रलोभनमा नपर्न साइबर प्रहरीले चेतावनी

    काठमाडौं, असोज २१ — सामाजिक सञ्जाल फेसबुकमार्फत ठगी बढ्दै गएको छ। नेपाल प्रहरीले विभिन्न लोकप्रिय...

    विश्वप्रकाश शर्माद्वारा विशेष महाधिवेशनका लागि हस्ताक्षर अपिल

    काठमाडौं, असोज २१ — नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशनका लागि प्रतिनिधिहरूलाई असोज...

    सिंहदरबारमा राष्ट्रिय विपद् व्यवस्थापन परिषद्को बैठक, राहत प्याकेजमा छलफल

    काठमाडौं, असोज २१ — प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा सिंहदरबारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...