News Portal

गैरआवासीय नेपाली संघ (एनआरएन)को अध्यक्षमा विनोद कुँवर

हिमालीसंचार संवाददाता
१७७ पटक

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएन)को याक एण्ड यति होटल जारी सम्मेलनले विनोद कुँवरको अध्यक्षमा कार्यसमिति गठन गरेको छ । संघका निवर्तमान उपाध्यक्ष सोनु लामाको संयोजक रहेको महाधिवेशन आयोजक समितिले कुँवरको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको हो ।

एनआरएनएका पूर्वअध्यक्ष संरक्षक शेष घलेले विधानले दिएको अधिकार प्रयोग गर्दै वर्तमान कार्यसमिति विगठन गरी नयाँ निर्वाचन समिति बनाएका थिए ।

एनआरएनएका अध्यक्ष कुमार पन्तको कार्यसमितिले गत अक्टोवरमै गराउनु पर्ने निर्वाचन विभिन्न आन्तरिक कारणले गर्दा गराउन सकेको थिएन । लामो समय निर्वाचन हुन नसकेपछि संरक्षक घलेले कार्यसमिति विघटन भएको घोषणा गर्दै उपाध्यक्ष लामाको संयोजकत्मा महाधिवेशन आयोजक समिति बनाएका थिए ।

गत मंगलबारदेखि शुरु भएको महाधिवेशनमा बुधबार मनोनयनको समय तोकिएको थियो । निर्धारित समयमा कोरियावासी कुँवरले मात्रै अध्यक्षमा उम्मेदवारी दिएपछि निर्विरोध निर्वाचित भएका हुन् ।

कार्यसमितिको उपाध्यक्षमा थर्कबहादुर सेन, सुरेन्द्र सिग्देल, उमेशकुमार पुडासैनी, बाबुराम लामा र महिला उपाध्यक्षमा भूमादेवी लिम्बू चयन भएका छन् भने महासचिवमा जानकारी गुरुङ चयन भएका छन् । त्यस्तै, सचिवमा जुनु गूरुङ र कोषाध्यक्षमा डिलामा खरेल चयन भएका छन् ।

यद्यपि, यो महाधिवेशनलाई पन्त समूहले भने मान्यता नदिने बताएको छ । पन्त समूहले छुट्टै महाधिवेशन गरी तीन जनालाई अध्यक्ष बनाउन विधान संशोधनको तयारी गरेको छ ।

प्रतिकृया दिनुहोस्

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...