News Portal

हङकङ सरकारले ६८ लाख नागरिकलाई १० हजार हङकङ डलर वितरण गर्दै

हिमालीसंचार संवाददाता
१८३ पटक

युवा राई/हङकङ – हङकङ सरकारले आफ्नो नागरिकलाई अप्रिल ७ तारिखदेखि प्रत्येक ब्यक्तिका लागि १० हजार हङकङ डलरको इलेक्ट्रोनिक उपभोग भौचर वितरण गर्ने स्रोतले जनाएको छ।

हङकङ सरकारले यो वर्ष करीव ६८ लाख हङकङवासीहरूलाई १० हजार हङकङ डलरको यो इलेक्ट्रोनिक उपभोग भौचर वितरण गर्न लागेको हो। “अलिपे, वीच्याट,टाप एण्ड गो” दर्ता भएका प्रयोगकर्ताले पहिलो किस्ता अन्तरगत ५ हजार हङकङ डलर विकरण गर्ने भएको हो । अक्टोपस कार्ड प्रयोगकर्ताले भने पहिलो किस्ता अन्तरगत ४ हजार हङकङ डलर प्राप्त गर्नेछन्। आगामी मे अन्त्यमा उक्त रकम खर्च गरिसकेपछि १६ जुनको पहिलो किस्ताको बाँकी १ हजार हङकङ डलर प्राप्त गर्नेछन्।

यदि ई-वालेट खाताको म्याद सकिएको छ भने वा गत वर्ष दर्ता गरिएको अक्टोपस कार्ड हराएको छ भने अपडेट गर्न सुझाव दिइएको छ। ई-वालेट खाता वा अक्टोपस कार्ड परिवर्तन गर्नका लागि भोलि २५ गतेसम्म फारम भरिसक्नु पर्ने जनाएको छ। सम्बन्धित फारम सरकारको उपभोक्ता औचर वेबसाइटबाट पनि डाउनलोड गर्न सकिन्छ।

अप्रिल सम्ममा १८ वर्ष नपुगेका तर जुलाई सम्ममा १८ बर्ष उमेर पुगेकाहरूले पनि पहिलो किस्ता दाबी गर्न सक्ने छन्। सरकारले गत साल दिएको ५ हजार हङकङ डलरभन्दा दोब्बर बढाएर १० हजार डलर पुर्याएको हो। कोभिड-१९ को प्रकोपको बेला सरकारले आफ्ना नागरिकलाई राहतस्वरुप सो रकम उपलव्ध गराएको हो।

गत सालजस्तै यस पटक पनि १० हजार डलरको भौचर किस्ताबन्दी रुपमा अक्टोपस, अलिपे, वीच्याट पे र ट्याप एण्ड गोमार्फत प्राप्त गर्न सकिने छ।

प्रतिकृया दिनुहोस्

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...