News Portal

गैरआवासीय नेपाली संघकाे १०औँ विश्व सम्मेलनबाट नयाँ कार्यसमिति चयन

हिमालीसंचार संवाददाता
३८२ पटक

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)को १० औँ विश्व सम्मेलनले नयाँ नेतृत्व चयन गरेको छ।गएराति सम्पन्न विश्व सम्मेलनबाट विनोद कुँवरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो।

एनआरएनएभित्रको विवादका बीच घलेको नेतृत्वमा चैत ८ देखि छुट्टै विश्व सम्मेलन गरिएको थियो। अध्यक्षमा चयन भएका कुँवर दक्षिण कोरियामा व्यवसायमा संलग्न छन्।

म्याग्दीको बेनी नगरपालिका स्थायी ठेगाना भएका उनी करिब ३० वर्षकोरियामा बस्दै आएका छन्। सन् २००६ देखि एनआरएनएमा लागेका उनी संस्थापक सदस्य हुँदै सन् २००९–११ मा कोरियाको अध्यक्ष भए। त्यसपछि एनआरएनए कोरियाको सल्लाहकारको रूपमा रहेका उनी सन् २०१३ देखि ०१५ सम्मको कार्यकाल फेरि अध्यक्ष चयन भए। २०१५–०१७ मा आईसीसी सदस्य बनेका उनी २०१७–०१९ को कार्यकालमा भने एसिया प्यासिफिक क्षेत्रको उपसंयोजक भएर काम गरे।

पछिल्लो समय २०१९–२०२१ को कार्यकालमा भने उनी सोही पदमा पराजित बनेका थिए। अध्यक्षमा चयन भएपछि उनले एनआरएनए विशुद्ध गैरराजनीतिक र सामाजिक संस्था भएकाले आफूले सोही अनुसार भूमिका खेल्ने बताए। उनले एनआरएनएहरुबीच अझै एकताको विकल्प नभएको बताउँदै त्यसका लागि आफूले पहल गर्ने पनि बताए।

संस्थापन पक्षले भने यसअघि असन्तुष्ट बनेका कुल आचार्यसहितलाई समेटेर मार्च २६ र २७ तारिखमा विश्व सम्मेलन आयोजना गरेको छ भने सोअघि बिहीबारदेखि सहमतिमै नेतृत्व चयन गरिनेछ।

नयाँ कार्यसमिति:
अध्यक्ष- बिनोद कुँवर (साउथ कोरिया)
उपाध्यक्ष- उमेश पुडासैनी (कुवेत)
उपाध्यक्ष- थर्क सेन (बेलायत)
उपाध्यक्ष- बाबु राम लामा (अमेरिका)
उपाध्यक्ष- सुरेन्द्र सिग्देल (अष्ट्रेलिया)
उपाध्यक्ष- महिला-भोमा लिम्बु (अष्ट्रेलिया)
महासचिव- जानकी गुरुङ (बेल्जियम)
सचिव- जुनु गुरुङ (कोरिया)
कोषाध्यक्ष- डिला राम खरेल (अष्ट्रेलिया)
क्षेत्रीय संयोजक- केशब कडेल (अष्ट्रेलिया)
क्षेत्रीय संयोजक- अमेरिकाज-कृष्ण पोख्रेल (अमेरिका)
क्षेत्रीय संयोजक- युरोप- उल्का घिमिरे (बेल्जियम)

प्रतिकृया दिनुहोस्

प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित भएका छन् ।...

आज २०८२ साल फागुन २२ गतेको राशिफल

आज फागुन २२, २०८२ ( मार्च ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८२ साल फागुन २१ गतेको राशिफल

आज फागुन २१, २०८२ ( मार्च ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

एकैदिन सुनको मूल्यमा ११ हजार रुपैयाँको गिरावट

काठमाडौं, फागुन २० – अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि देखिएको छ। बुधबार...

नागार्जुनमा भेटिएको शंकास्पद वस्तु प्रहरीले गर्यो नस्ट

काठमाडौं, फागुन २० — नागार्जुन नगरपालिका वडा नम्बर २ तीनघरे क्षेत्रमा बिहानै फेला परेको शंकास्पद...