News Portal

गैरआवासीय नेपाली संघकाे १०औँ विश्व सम्मेलनबाट नयाँ कार्यसमिति चयन

हिमालीसंचार संवाददाता
३६७ पटक

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)को १० औँ विश्व सम्मेलनले नयाँ नेतृत्व चयन गरेको छ।गएराति सम्पन्न विश्व सम्मेलनबाट विनोद कुँवरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो।

एनआरएनएभित्रको विवादका बीच घलेको नेतृत्वमा चैत ८ देखि छुट्टै विश्व सम्मेलन गरिएको थियो। अध्यक्षमा चयन भएका कुँवर दक्षिण कोरियामा व्यवसायमा संलग्न छन्।

म्याग्दीको बेनी नगरपालिका स्थायी ठेगाना भएका उनी करिब ३० वर्षकोरियामा बस्दै आएका छन्। सन् २००६ देखि एनआरएनएमा लागेका उनी संस्थापक सदस्य हुँदै सन् २००९–११ मा कोरियाको अध्यक्ष भए। त्यसपछि एनआरएनए कोरियाको सल्लाहकारको रूपमा रहेका उनी सन् २०१३ देखि ०१५ सम्मको कार्यकाल फेरि अध्यक्ष चयन भए। २०१५–०१७ मा आईसीसी सदस्य बनेका उनी २०१७–०१९ को कार्यकालमा भने एसिया प्यासिफिक क्षेत्रको उपसंयोजक भएर काम गरे।

पछिल्लो समय २०१९–२०२१ को कार्यकालमा भने उनी सोही पदमा पराजित बनेका थिए। अध्यक्षमा चयन भएपछि उनले एनआरएनए विशुद्ध गैरराजनीतिक र सामाजिक संस्था भएकाले आफूले सोही अनुसार भूमिका खेल्ने बताए। उनले एनआरएनएहरुबीच अझै एकताको विकल्प नभएको बताउँदै त्यसका लागि आफूले पहल गर्ने पनि बताए।

संस्थापन पक्षले भने यसअघि असन्तुष्ट बनेका कुल आचार्यसहितलाई समेटेर मार्च २६ र २७ तारिखमा विश्व सम्मेलन आयोजना गरेको छ भने सोअघि बिहीबारदेखि सहमतिमै नेतृत्व चयन गरिनेछ।

नयाँ कार्यसमिति:
अध्यक्ष- बिनोद कुँवर (साउथ कोरिया)
उपाध्यक्ष- उमेश पुडासैनी (कुवेत)
उपाध्यक्ष- थर्क सेन (बेलायत)
उपाध्यक्ष- बाबु राम लामा (अमेरिका)
उपाध्यक्ष- सुरेन्द्र सिग्देल (अष्ट्रेलिया)
उपाध्यक्ष- महिला-भोमा लिम्बु (अष्ट्रेलिया)
महासचिव- जानकी गुरुङ (बेल्जियम)
सचिव- जुनु गुरुङ (कोरिया)
कोषाध्यक्ष- डिला राम खरेल (अष्ट्रेलिया)
क्षेत्रीय संयोजक- केशब कडेल (अष्ट्रेलिया)
क्षेत्रीय संयोजक- अमेरिकाज-कृष्ण पोख्रेल (अमेरिका)
क्षेत्रीय संयोजक- युरोप- उल्का घिमिरे (बेल्जियम)

प्रतिकृया दिनुहोस्

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ ।...

कुवेतमा राप्रपाको भातृ संगठन ‘पानस’को तदर्थ समिति गठन संयोजकमा राम न्यौपाने

कुवेत– राष्ट्रिय प्रजातन्त्र पार्टी (रा:प्र:पा:) को भातृ संगठन प्रवासी नेपाली एकता समाज (पानस) को तदर्थ...