News Portal

पुर्वाञ्चलन क्याम्पस धरानका विद्यार्थी आन्दोलित, तालाबन्दीसँगै क्याम्पस प्रमुखको कुर्सीमा आगजनी

हिमालीसंचार संवाददाता
१७६ पटक

धरान – पुर्वाञ्चलन क्याम्पस धरानका विद्यार्थीले परीक्षाको लागि अनलाइन फारम भरेका ७ जना विद्यार्थीको प्रवेशपत्र नआएपछि इञ्जिनियरींग अध्ययन संस्थान (आइओएम) अन्तर्गत धरान ८ स्थित पुर्वाञ्चल क्याम्पसका विद्यार्थीहरु आन्दोलित भएका छन् ।

विद्यार्थीहरुले क्याम्पस प्रमुखको कुर्सी जलाएका छन् भने क्याम्पस प्रशासनको मुलढोकामा तालाबन्दी गरेका छन् । आक्रोशित विद्यार्थीले ढोकाको शिसा तोडफोडसमेत गरेका छन् । बैंकमा पैसा जम्मा गरेर परीक्षाको अनलाइन फारम भरेपनि आफुहरुको प्रवेश पत्र नआएकोले परीक्षाबाट बञ्चित हुनुपरेको मेकानिकल पहिलो बर्षका विद्यार्थी तेजबहादुर खत्रीले बताए । उनका अनुसार आइओएमको नियम अनुसार यो बर्ष परीक्षा दिन नपाएका विद्यार्थीहरुको एक बर्ष खेर जान्छ भने अर्को बर्ष पनि सिट खाली भएमा मात्र पढ्न पाउछन् । ‘हाम्रो त भविष्य नै बिग्रने भयो, विद्यार्थीहरुलाई निराश बनायो,’उनले भने । 

त्यस्तै, अर्का कम्युटर तेस्रो बर्षका विद्यार्थी ऋषभ आचार्यले विगतमा यस्तै समस्या आउदा क्याम्पस प्रशासनले सूचना जारी गर्ने र जरिवाना गराएर पुनः फारम भर्न पाउने व्यवस्था हुन्थ्यो, तर यसपाली त्यस्तो सूचना समेत जारी नभएको उनको गुनासो छ । डिन सरसँग कुरा गर्यौ तर सुनुवाई भएन । ‘सिस्टमबाट फल्ट भयो, त्यसको मारमा हामी पर्यौ,’ उनले भने ।

आन्दोलित विद्यार्थीहरुले सिस्टमको खराबीको कारण विद्यार्थीहरुको भविष्य नै अन्योल बनाउने काम भएकोले क्याम्पस प्रशासन र डिन कार्यालयले सच्याएर परीक्षा दिने व्यवस्था गर्न माग गरेका छन् । विद्यार्थीहरुले क्याम्पस प्रशासन र डिन कार्यालयमा बैंक भौचारसहित निवेदन, पत्राचार गरेपनि सुनुवाई नभएको बताएका छन् ।

क्याम्पसका सिआइटी इएमआइएसका प्राध्यापक तथा क्याम्पसका पुर्वशैक्षिक सहायक क्याम्पस प्रमुख टि.एन.झाले प्राविधिक कारणले विद्यार्थी मारमा परेको बताए । उनले सिस्टममा इरर भएर समस्या देखिएकोले कसैलाई दोष नदिई समस्याको समाधान गर्नुपर्ने सुझाव दिएका थिए। 

सहायक क्याम्पस प्रमुख (प्रशासन) विनयलाल श्रेष्ठले ७ जना विद्यार्थीको समस्या देखिएको र समस्या समाधान गर्न डिन कार्यालयमा समन्वय तथा पहल भइरहेको बताए । उनले विद्यार्थीको भविष्यलाई मध्यनजर गर्दै समस्याबारे निवेदन लेखेर पत्राचार गरिएको पनि बताए । ‘डिन कार्यालयमा उचित निर्णय भएर आउछ भन्ने आशामा छौ।’ 

प्रतिकृया दिनुहोस्

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...