News Portal

धनकुटाको भेडेटार नजिक जिप पल्टिदा एक युवतीको मृत्यु

हिमालीसंचार संवाददाता
१८२ पटक

धनकुटा – धनकुटा जिल्लाको पर्यटकीय गन्तव्य भेडेटार नजिकै भएको सवरी दुर्घटनामा एक जना युवतीको मृत्यु भएको छ । गत मंगलबार साँझ करिव ९ बजे भेडेटार–गोलखाडी सडक खण्डमा दुर्घटना हुँदा साँगुरीगढी गाउँपालिका वडा नम्बर ७ की १९ बर्षीया श्रेया राईको मृत्यु भएको प्रहरीले बताएको छ ।

राईको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घरानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको बुधबार बिहान २ः१० बजे मृत्यु भएको प्रहरीले जनाएको हो ।

मङ्गलबार राती करिब ९ बजे साँगुरीगढी गाउँपालिका–६ साँगुरीगढी किल्लानजिक गोलखाडी भेडेटार भित्री कच्ची सडक खण्डमा भेडेटारबाट गोलखाडीतर्फ जाँदै गरेको मे १ ज २१६२ नम्बरको सुमो जीप अनियन्त्रित भई सडकमा पल्टिएको थियो ।

दुर्घटना ग्रस्त जीपका चालक धनकुटा नगरपालिका वडा नम्बर २ बस्ने वर्ष ४१ को सत्यलाल इलाका प्रहरी कार्यालय भेडेटारको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । भेडेटारबाट अन्दाजी १ किमी पश्चिम पर्ने सो स्थानमा सडकको अवस्था समेत खासै राम्रो छैन्

प्रतिकृया दिनुहोस्

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...