News Portal

पर्यटनमन्त्री आलेसंग सलमान खानले, ‘सगरमाथा चढ्ने इच्छा ब्यक्त’

हिमालीसंचार संवाददाता
१७९ पटक

काठमाडौं – सांगीतिक कार्यक्रम लिएर नेपाल आउन लागेका बलिउड सुपरस्टार सलमान खानले सगरमाथा चढ्ने इच्छा ब्यक्त गरेका छन् । बुधबार सोल्टी होटलमा भएको भर्चुअल मिटिङमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले खानलाई सगरमाथा आरोहणका लागि निम्तो दिएका थिए ।

कोरोना महामारीका कारण धराशायी बनेको नेपालको पर्यटन प्रवर्द्धनका लागि खानलाई सगरमाथा आरोहरणका लागि निम्तो दिएका हुन् । ‘मन्त्रीज्यू निम्तोका लागि धन्यवाद । अवश्य सगरमाथा चढ्छु, बिस्तारै बिस्तारै भए पनि,’ खानले मन्त्री आलेसँगको संवादमा भने ।

सुपर स्टार खान ओडिसी इन्टरटेन्टमेन्ट र हिटा समूहको निम्तोमा आगामी जेठ १४ गते नेपाल आउने कार्यक्रम रहेको छ । उनीसँग अभिनेत्री सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डिज, कोरियोग्राफर प्रभु देवा, मुदस्सर खान, अभिनेता मनिष पल, आयुश शर्मा, सई मांजरेकर, पार्श गायक गुरु रन्धावालगायतका कलाकार नेपाल आउँदैछन् ।

पर्यटनमन्त्री आलेले उनलाई हेलिकप्टरमार्फत सगरमाथामा घुमाउने र सगरमाथा आधार शिविरमा ब्रेकफास्टका लागि लैजाने प्रस्ताव गरेका थिए । जवाफमा खानले त्यहाँ जाने पक्का गरेका छन् ।

प्रतिकृया दिनुहोस्

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...